Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

नेप्से झिनो अंकले घट्यो, नौ अर्ब २४ करोडको सेयर कारोबार

  •   १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (वैशाख २१) झिनो अंकले घटेर बन्द भएको छ । परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको हो ।

यस दिन नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । ११७ कम्पनीको सेयर मूल्य बढ्यो । १२८ कम्पनीको सेयर मूल्य घट्यो ।

नेपाल माइक्रो इन्स्योरेन्स, क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

कारोबारमा आएका मध्ये पाँच समूहको परिसूचक बढ्यो । बाँकी समूहको परिसूचक घट्यो । परिसूचक बढ्नेमा बैंकिङ (वाणिज्य बैंकहरू), विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूह छन् ।

  • Jigyasanepal

थप