Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसको खोजी कार्य जारी

हेर्नुहोस् खोजी कार्य जारी रहेको तस्बिरहरू सहित

  •   २ वर्ष अघि | २८ असार २०८१, शुक्रबार

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । बससहित यात्रुहरु बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन् ।

सो घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

घटनास्थलका तस्वीरहरू (सबै तस्वीरहरू : एपीएफ

बाट)


     



  • Jigyasa media

थप