Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

  •   २ वर्ष अघि | २७ साउन २०८१, आइतवार

हेटौंडा ।— मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। बकैया गाउँपालिका–५ पावसस्थित सिमात खोलाले बगाएर ६५ वर्षीय आशाकाजी दोङको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।


आशाकाजी दोङ बिहान १० बजे घरबाट बैंकमा पैसा झिक्न गरगरे बजारतर्फ जाँदै थिए। स्थानीय दूध संकलन केन्द्रले जम्मा गरिदिएको १३ हजार रुपैयाँ निकाल्न कृषि विकास बैंक गरगरे जाँदै गर्दा उनी खोलाले बगाएको इलाका प्रहरी कार्यालय फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक नारायण थापाले बताए।


खोलाले दोङलाई करिब ७ सय मिटर तलसम्म बगाएको थियो, जसकारण उनको मृत्यु भएको हो। घटना भएको खबर प्राप्त भएपछि स्थानीयहरू र प्रहरीले दोङको शव फेला पारेका थिए।

  • Jigyasa media

थप