🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक र सामाजिक काममा मन जानेछ। परिश्रमले सफलता मिल्ने दिन हो। कामको प्रशंसा पाइनेछ, तर खर्च बढ्न सक्छ।
🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक जिम्मेवारी बढ्न सक्छ। आम्दानी सँगसँगै तनाव पनि आउन सक्छ। बोल्दा र निर्णय गर्दा सतर्क रहनुहोला।
🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आत्मबल र जोश बढ्नेछ। नयाँ योजना अघि बढाउन अनुकूल समय छ। मित्र र दाजुभाइको साथले आत्मबल बढ्नेछ।
🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै कुरामा धैर्य आवश्यक छ। सामान्य विवादमा नअल्झिनुहोस्। टाढाको यात्रा वा सवारी गर्दा सावधानी अपनाउनुहोस्।
🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोकाङ्क्षा पूरा हुने संकेत छन्। प्रेम, मित्रता र आर्थिक पक्ष सबल रहनेछ। कार्यस्थलमा सम्मान प्राप्त हुनेछ।
🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार र काममा सावधानी आवश्यक छ। वाणीमा मधुरता ल्याउनुहोस। पुरानो समस्या दोहोरिन सक्छ।
🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक सम्बन्ध सुधारिनेछ। पुराना मित्रसँग भेट हुने सम्भावना छ। अध्ययनमा प्रगति हुनेछ।
🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिनचाहिँ व्यस्त र केही थकाइलाग्दो रहन सक्छ। स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। खानपानमा ध्यान दिनुहोला।
🔮 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
सौन्दर्य, प्रेम, सिर्जनात्मक काममा सफलता मिल्नेछ। नयाँ अवसर आउनेछ। भाग्यले राम्रो साथ दिनेछ।
🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायिक क्षेत्रबाट सन्तोषजनक लाभ मिल्नेछ। तर परिवारमा केही उल्झन आउन सक्छ, शान्त भएर समाधान गर्नुहोस।
🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साँझतिर लाभ हुने योग छ। अध्ययन र प्रविधिसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। यात्रामा सुभ संकेत।
🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धन खर्चमा विशेष ध्यान पुर्याउनुहोस्। प्रेम र सम्बन्धमा संकटकाल आउन सक्छ, सोचेर निर्णय गर्नुहोस।
-
Jigyasanepal