Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला

  •   ३ महिना अघि | १५ साउन २०८३, शुक्रबार

काठमाडौं/दोलखा, साउन १५ । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका दोलखाका विश्वकीर्तिमानी पर्वतारोही किलि पेम्बा शेर्पा (किलु) को शव फेला परेको छ। उनका काका तथा वरिष्ठ हिमआरोही दावाछिरी शेर्पा ले शव फेला परेको जानकारी दिएका हुन्।

यसअघि नेपाली आरोही पुरबहादुर गुरुङ (युक्ता) को शव भेटिएको खबर सार्वजनिक भइसकेको थियो। यद्यपि, नेपाल सरकारले सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने गरिसकेको छैन।

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा नेपालका निर्मल पुर्जा, किलि पेम्बा शेर्पा, पुरबहादुर गुरुङ, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सहित विभिन्न देशका आरोही सहभागी थिए। टोली बिहीबार बिहान ब्रड पिकको सफल आरोहणका लागि प्रस्थान गरेको थियो। तर, शिखरतर्फ अघि बढ्ने क्रममा आएको भीषण हिमपहिरोपछि टोली सम्पर्कविहीन बनेको थियो।

किलि पेम्बा शेर्पा नेपालको पर्वतारोहण क्षेत्रमा परिचित र सम्मानित नाम थिए। उनले गत वर्ष ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल सफलतापूर्वक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका थिए। त्यस्तै, सन् २०२१ जनवरी १६ मा के–टु हिमालको पहिलो सफल शीतकालीन आरोहण गर्ने ऐतिहासिक टोलीका सदस्यसमेत थिए।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा १५ पटक सफलतापूर्वक आरोहण गरेका थिए। १८ वर्षको उमेरदेखि भरियाका रूपमा हिमाल चढ्न सुरु गरेका किलि पेम्बा पछि अन्तर्राष्ट्रिय स्तरका दक्ष पर्वतारोहण गाइड र विश्वकीर्तिमानी आरोहीका रूपमा स्थापित भएका थिए।

दावाछिरी शेर्पाले दिवंगत किलि पेम्बाको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक कूटनीतिक र प्रशासनिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

यता, गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष निमा गेल्जी शेर्पा ले किलि पेम्बाको निधनले समग्र गाउँ र नेपाली पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्। उनले शव स्वदेश ल्याउन स्थानीय तहबाट पनि आवश्यक पहल गरिने जानकारी दिएका छन्।


  • Jigyasanepal

थप