Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला

  •   ५९ मिनेट अघि | १५ साउन २०८३, शुक्रबार

काठमाडौं/दोलखा, साउन १५ । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका दोलखाका विश्वकीर्तिमानी पर्वतारोही किलि पेम्बा शेर्पा (किलु) को शव फेला परेको छ। उनका काका तथा वरिष्ठ हिमआरोही दावाछिरी शेर्पा ले शव फेला परेको जानकारी दिएका हुन्।

यसअघि नेपाली आरोही पुरबहादुर गुरुङ (युक्ता) को शव भेटिएको खबर सार्वजनिक भइसकेको थियो। यद्यपि, नेपाल सरकारले सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने गरिसकेको छैन।

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा नेपालका निर्मल पुर्जा, किलि पेम्बा शेर्पा, पुरबहादुर गुरुङ, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सहित विभिन्न देशका आरोही सहभागी थिए। टोली बिहीबार बिहान ब्रड पिकको सफल आरोहणका लागि प्रस्थान गरेको थियो। तर, शिखरतर्फ अघि बढ्ने क्रममा आएको भीषण हिमपहिरोपछि टोली सम्पर्कविहीन बनेको थियो।

किलि पेम्बा शेर्पा नेपालको पर्वतारोहण क्षेत्रमा परिचित र सम्मानित नाम थिए। उनले गत वर्ष ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल सफलतापूर्वक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका थिए। त्यस्तै, सन् २०२१ जनवरी १६ मा के–टु हिमालको पहिलो सफल शीतकालीन आरोहण गर्ने ऐतिहासिक टोलीका सदस्यसमेत थिए।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा १५ पटक सफलतापूर्वक आरोहण गरेका थिए। १८ वर्षको उमेरदेखि भरियाका रूपमा हिमाल चढ्न सुरु गरेका किलि पेम्बा पछि अन्तर्राष्ट्रिय स्तरका दक्ष पर्वतारोहण गाइड र विश्वकीर्तिमानी आरोहीका रूपमा स्थापित भएका थिए।

दावाछिरी शेर्पाले दिवंगत किलि पेम्बाको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक कूटनीतिक र प्रशासनिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

यता, गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष निमा गेल्जी शेर्पा ले किलि पेम्बाको निधनले समग्र गाउँ र नेपाली पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्। उनले शव स्वदेश ल्याउन स्थानीय तहबाट पनि आवश्यक पहल गरिने जानकारी दिएका छन्।


  • Jigyasanepal

थप