मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास बढ्नेछ। व्यापार र काममा सफलता मिल्नेछ। परिवारसँग समय बिताउन पाउँदा मन प्रसन्न रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दैनिक जीवनमा केही चुनौती आए पनि साहसले अघि बढ्न सक्नुहुन्छ। आर्थिक पक्ष सुदृढ हुनेछ। साथीभाइको सहयोग पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक प्रतिष्ठा बढ्ने समय छ। नयाँ योजना र काम सुरु गर्न उपयुक्त छ। सन्तानको प्रगतिले खुसी ल्याउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त वा पुराना साथीहरूसँग भेटघाट हुनेछ। पारिवारिक विषयमा विचार गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा राम्रो फाइदा हुनेछ। मनोबल उच्च रहनेछ। यात्रामा लाभ हुने समय छ। व्यक्तिगत सम्बन्धमा सुधार आउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धेरै मेहनत गरे पनि कम उपलब्धि मिल्नेछ। वैदेशिक क्षेत्रबाट लाभ हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन रमाइलो रहनेछ। नयाँ योजना बनाउने समय छ। मनोबल र आत्मविश्वासले सफलता दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक लाभ हुने समय छ। पुराना योजना कार्यान्वयन गर्न उपयुक्त समय छ। पारिवारिक खुसीले मन प्रफुल्ल हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तार्किक क्षमता राम्रो हुने दिन छ। समस्या समाधान गर्न सफल भइनेछ। प्रियजनसँग समय बिताउने मौका मिल्नेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिनलाई ध्यानपूर्वक बिताउनुहोला। भावनामा बहकनु हुने छैन। काममा केही चुनौती आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ अवसरले जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। वैदेशिक क्षेत्रका काममा प्रगति हुने दिन छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन आत्मविश्वास बढ्नेछ। पारिवारिक तथा सामाजिक प्रतिष्ठा बढ्ने समय छ। अध्ययनमा रुचि बढ्नेछ।
शुभ दिन ।।
- Jigyasa media