मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्ष सुदृढ बन्ने संकेत छ। पारिवारिक माहोल खुसीदायक रहनेछ। कार्यक्षेत्रमा विशेष उपलब्धि हात पार्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मिहिनेतको उचित मूल्यांकन हुनेछ। अध्ययन र अनुसन्धानका क्षेत्रमा सफलता मिल्नेछ। नयाँ काम थालनी गर्न समय अनुकूल छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन अशान्त रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ। निर्णय गर्दा सतर्कता अपनाउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा लगानी गर्दा फाइदा हुनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक जीवनमा परिवर्तन आउनेछ। नयाँ जिम्मेवारी थपिन सक्छ। आर्थिक पक्ष सुदृढ बन्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विचारको सम्मान हुनेछ। नयाँ योजना कार्यान्वयन गर्न सकिनेछ। सहयोगीहरूको साथले काममा सफलता मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यस्थलमा चुनौती आइपर्न सक्छ। पारिवारिक विवादको सम्भावना छ। सहनशील बन्नु होला।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
विदेश जाने चाहना राख्नेहरूका लागि अवसर प्राप्त हुने समय छ। अध्ययनमा प्रगति हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यावसायिक क्षेत्रमा सुधार आउनेछ। समयअनुसार निर्णय लिन सके फाइदा हुनेछ। यात्रामा सावधानी अपनाउनु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेम सम्बन्धमा सुधार हुनेछ। नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक स्थिति सबल बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अस्वस्थता देखा पर्न सक्छ। योजनाबद्ध ढंगले अघि बढ्दा लाभ मिल्नेछ। व्यावसायिक क्षेत्रमा अवसर पाउन सकिनेछ।
शुभ दिन ।
- Jigyasa media