Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना

  •   ३ महिना अघि | १८ साउन २०८३, सोमवार

काठमाडौं, साउन १८ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा जारी रहेको हो।

आज बिहान ६:१७ बजे जारी गरिएको अद्यावधिक विवरणअनुसार पछिल्लो एक घण्टादेखि बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। त्यस्तै कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ र यो क्रम अझै केही समय जारी रहने सम्भावना छ।

उनका अनुसार दिउँसो केही समय मौसम खुलेजस्तो देखिए पनि पुनः बदली भई अपराह्न र रातितिर मध्यम वर्षा हुने सम्भावना रहेको छ।

मुख्य अपडेट

🌧️ काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा।

☁️ बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा जारी।

🌦️ कोसी, लुम्बिनी, कर्णाली, मधेस र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा।

⚠️ अपराह्न र रातितिर वर्षा थप सक्रिय हुने सम्भावना।

नदी–खोला आसपास, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

  • Jigyasanepal

थप