Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

  •   ३ महिना अघि | १७ साउन २०८३, आइतवार

काठमाडौं, साउन १७ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रनजिक पुगेसँगै देशभर वर्षाको गतिविधि थप सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।

आज बिहानदेखि नै देशभर सामान्यदेखि घना बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोसी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको मौसम

देशभर सामान्यदेखि पूर्ण बदली रहने।

हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना।

पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा।

तराईका केही स्थानमा पनि वर्षा हुने।

कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।

रातिको मौसम

देशभर बदली रहने।

कोसी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षा।

मधेस तथा कोसी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि वर्षा हुने।

कोसी, बागमती, गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, मधेस प्रदेश तथा लुम्बिनीका पहाडी र तराईका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना।

एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह।

वर्षाको मापन

हल्का वर्षा: २४ घण्टामा १० मिमि भन्दा कम

मध्यम वर्षा: १०–५० मिमि

भारी वर्षा: ५०–१०० मिमि

धेरै भारी वर्षा: १००–२०० मिमि

अति भारी वर्षा: २०० मिमि भन्दा बढी

⚠️ नदी–खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप