Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

के तपाईंलाई लाग्छ, नेपालमा शिक्षक छन्?

शिक्षक कि रिडर्स? – एक चिमोट्ने यथार्थ

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

✍🏼 महेन्द्र पौडेल

साच्चिकै सोच्नुस्—के ती शिक्षक हुन्? कि केवल पाठ्यपुस्तकका ‘रिडर्स’?

नेपालका अधिकांश ‘शिक्षक’ किताबका पाना पढ्छन्, सम्झन्छन्, र कक्षाकोठामा त्यो पुनः वाचन गर्छन्। न त उनीहरू जीवनको पाठ सिकाउँछन्, न त विद्यार्थीमा मूल्य र दृष्टिकोण रोप्छन्। त्यसोभए, के ती ‘गुरु’ हुनसक्छन्? कदापि होइन। उनीहरू त पेशा अँगालेका पाठक–कर्मी मात्र हुन्।

शिक्षक पेशा होइन, एक गहिरो जिम्मेवारी हो। गुरु भनेको बाटो देखाउने हुन्छ—यात्रा मात्र होइन, जीवनको अर्थ सिकाउने हुन्छ।

हेरौं भारतलाई—त्यहाँका गुरुहरू हुन्:

सर्भेपाली राधाकृष्णन, सावित्रीभाई फुले, र आजका दिनका विकास दिव्यमूर्ति, खानसरजस्ता व्यक्तित्वहरू।

यी गुरुहरूले हजारौं होइन, लाखौं युवालाई IAS, IPS, प्रशासनिक अधिकारी, वैज्ञानिक, प्रहरी अधिकृत मात्र होइन, संस्कारयुक्त नागरिक बनाएका छन्। त्यहाँको विद्यार्थीले कुनै हालतमा पनि हार मान्दैन—पढ्दै जान्छ, देश बनाउँदै जान्छ। त्यस्तो संस्कारको जग शिक्षकले राखेका हुन्।

भारतमा १० करोड विद्यार्थीले सिभिल सर्भिसको तयारी गर्छन्। अन्ततः त्यसमध्ये १० हजारले मात्र सेवा गर्ने मौका पाउँछन्। त्यो पर्खाइ, त्यो मेहनत—गुरुले पढाएको मार्गदर्शनकै प्रतिफल हो।

अब फर्केर हेर्नुस् नेपाललाई। यहाँका शिक्षक के गर्छन्?

पार्टीको झोला बोक्छन्। हरेक आन्दोलनमा अगुवा हुन्छन्—शिक्षा सुधारको होइन, 'सुविधा' माग्न। न त तिनको दृष्टिकोण हुन्छ, न त भविष्यको सपना। यदि शिक्षक पार्टीका झोला बोक्छन् भने तलब पनि पार्टीबाट पाउनु पर्ने हो, पेन्सन पनि उही बाटोबाट।

अनि शिक्षकको भूमिकालाई ‘गुरु’को हैसियत किन दिनु?

फिनल्याण्ड र स्वीटजरल्याण्ड जस्ता देशहरूमा शिक्षकको स्थान उच्चतम छ। त्यहाँ उनीहरू राष्ट्र निर्माता हुन्। त्यसैले त्यहाँ शिक्षकको तलब सरकारी सचिवभन्दा पनि बढी हुन्छ।

किन? किनभने त्यहाँ शिक्षकले विद्यार्थीमा जीवनको मान्यता रोप्दछन्, केवल किताबको जानकारी होइन।

तर नेपालमा? शिक्षकको पहिचान छैन—न गुरुको गरिमा, न पेशाकर्मीको इमान। र हामी नागरिक? जुन दिन हामीले ‘गुरु’ र ‘झोले’को भिन्नता बुझ्यौं, त्यो दिन हामी साच्चिकै बुद्ध भूमिका योग्य सन्तान हुनेछौं।

मास्टरका सबै माग पुरा गरिदिए हुन्छ तर यी यी बन्देज लगाएर । 

१) शिक्षक १० बजे स्कुल पुग्ने र ५ बजे मात्रै निक्लने । 

२) कुनैपनि राजनीतिक पार्टी, संघ संस्थासँग अनुबन्ध हुन नपाइने ।

३) ट्युसन र अन्य स्कुल कलेजमा पार्ट टाइम पढाउन नपाइने ।

४) आफ्ना बिद्यार्थीको सुरक्षा र जिम्मेवारी लिने कुनैपनि नेता आउँदा बिद्यार्थीलाई फूल लिएर लाइनमा खडा गर्न नपाइने । 

५) आफ्ना छोराछोरी आफैले पढाएको स्कुलमा पढाउनु पर्ने ।

६) सार्वजनिक स्थलमा बिद्यार्थीले देख्नेगरी धुम्रपान मद्यपान गर्न नपाइने ।

७) बिद्यालयहाताभित्र मोवाइल चलाउने भिडियो खिच्न नपाउने । 

८) शिक्षक ड्र्रेसमा रहने । कपाल रंगाएर स्कुल जान नपाइने । 

यति गरे पुग्छ ।

  • Jigyasa media

थप