Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपालको सहज जित: ओमानलाई ३७ रनले पराजित

  •   २ वर्ष अघि | १४ असोज २०८१, सोमवार

१४ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराउँदै क्यानडा भ्रमणमा पहिलो जित हासिल गर्यो।

नेपालले १७६ रनको लक्ष्य प्रस्तुत गरेपछि ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो। ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाउँदा, अन्य खेलाडीले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। गुलशन झाले २.१ ओभरमा १४ रनमा २ विकेट लिए। कुशल भुर्तेल, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी, र सन्दीप लामिछानेले १-१ विकेट लिए।

नेपालले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। तल्लोक्रममा गुलशनले १७ बलमा ३ चौका र ३ छक्का सहित ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए।

ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। अब नेपालले मंगलबार क्यानडा र बुधबार ओमानसँग पुनः खेल्नेछ।


  • reporter

थप