Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

भुटानको सेमिफाइनलको सम्भावना कायम: माल्दिभ्सलाई २-१ ले पराजित

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

काठमाडौं। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा आज भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना अझै जीवित रहेको छ।

अब समूह बी बाट सेमिफाइनलमा पुग्ने टुंगो शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि लाग्नेछ। प्रतियोगिताको समूह ए बाट भने नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन्, जबकि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालसहित ६ देश सहभागी यस प्रतियोगितामा नेपाल समूह ए मा बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ

  • Jigyasa media

थप