Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

आईपीएलको उपाधि भिडन्त आज: पहिलो उपाधिका लागि बैंग्लोर र पन्जाब आमनेसामने

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, मङ्लबार

जिज्ञाशा नेपाल | जेठ २०, २०८२

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल आज साँझ हुँदैछ। उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर (RCB) र पन्जाब किंग्स (PBKS) एकआपसमा भिड्ने भएका छन्। खेल गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।

यो सिजनले नयाँ विजेता जन्माउने निश्चित छ, किनभने आईपीएल इतिहासमा बैंग्लोर र पन्जाबमध्ये कुनै पनि टोलीले अहिलेसम्म उपाधि उचाल्न सकेका छैनन्।

बैंग्लोरले पहिलो क्वालिफायरमा पन्जाबलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो। उता दोस्रो क्वालिफायरमा पन्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पन्जाब ११ वर्षपछि फाइनल पुगेको हो। यसअघि सन् २०१४ मा मात्र फाइनलमा पुगेको पन्जाब त्यो वर्ष उपविजेता बनेको थियो। अब उपाधि उचाल्ने लक्ष्यमा टोली उत्साहित देखिन्छ।

यता आरसीबीका लागि यो चौथो फाइनल हुनेछ। सन् २००९, २०११ र २०१६ मा उपाधिनजिक पुगेर चुकिएको टोलीले यसपटक पहिलोपटक ट्रफी जित्दै इतिहास रच्ने दाउमा छ।

फाइनल विजेताले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १३ करोड प्राप्त गर्नेछ। व्यक्तिगत प्रदर्शनमा पनि आकर्षक पुरस्कार छन् — ओरेन्ज क्याप र पर्पल क्याप विजेताले १०–१० लाख, उदियमान खेलाडीले २० लाख, र अन्य विधागत अवार्डजस्तै सुपर स्ट्राइकर, पावर प्लेयर, म्याक्सिमम सिक्सर, गेम चेन्जर आदिले पनि १० लाख रुपैयाँ जित्नेछन्।

  • Jigyasanepal

थप