Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

चौतारा र बनेपाका भेट्रान भिड्दै: दोस्रो मैत्रीपूर्ण खेल शनिबार

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

बनेपा । – काभ्रेको बनेपाका भेट्रान खेलाडी र सिन्धुपाल्चोक चौताराका भेट्रान खेलाडीबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल भोलि शनिबार हुने भएको छ। दिउँसो २ बजे बनेपाको चाईनाटाउन खेल मैदानमा सुरु हुने यस खेलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक बनेपा मर्निङ फुटसल समूहले जनाएको छ।

गत भदौ २२ मा चौतारामा सेभेन ए साईड खेलमा भेट्रान टोलीहरूबीच खेल भएको थियो, जसमा दुवै पक्षले बराबरी खेल प्रस्तुत गरेका थिए। यो प्रतियोगिता आपसी एकता र भाईचारा मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको भवसागर रञ्जितले बताए। उनले खेल अनुशासन, गतिशीलता, र स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण रहेकोले मैत्रीपूर्ण प्रतिस्पर्धा राखिएको स्पष्ट पारे।

शनिबार हुने यो खेलमा बनेपा नगरपालिकाका जनप्रतिनिधि, जिल्ला फुटबल संघका प्रतिनिधिको पनि उपस्थिति रहनेछ। चौतारामा सेभेन ए साईड खेलेर आएपछि बनेपामा ११ जना खेलाडीहरूको पूर्ण टोलीले मैदानमा उत्रने तयारी गरेको आयोजकले जानकारी दिएको छ।

बनेपाका भेट्रान खेलाडीहरू एक दशकदेखि फुटसल र फुटबलमा सक्रिय रहँदै आएका छन्। केही वर्षदेखि गुड मर्निङ फुटसल समूहका रूपमा खेलकुद र सामाजिक कार्यमा पनि सक्रिय बनेको यो टोलीले हालै नमोबुद्ध भेट्रान टोलीलाई हराउँदै सफलता प्राप्त गरेको थियो। साथै, गत वर्ष बनेपामा आयोजित भेट्रान कपमा पनि यो टोली विजेता बनेको थियो।

गुड मर्निङ टोलीमा राष्ट्रिय, क्षेत्रीय, र जिल्लामा नाम कमाएका खेलाडीहरू, प्रतिष्ठित व्यापारी, व्यवसायी, प्रहरी, निजामती कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि र युवा अगुवा रहेका छन्। आफ्नो छोटो यात्रामै यो टोलीले विभिन्न फुटबल क्रियाकलाप गर्दै स्थानीय खेल क्षेत्रलाई योगदान पुर्‍याउँदै आएको छ।

शनिबारको खेलमा काभ्रेली खेलाडीहरूलाई समर्थन गर्न मैदानमा उपस्थित भएर हौसला दिन आयोजकले सबैलाई अनुरोध गरेको छ।


  • Jigyasa media

थप