Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

चौतारा र बनेपाका भेट्रान भिड्दै: दोस्रो मैत्रीपूर्ण खेल शनिबार

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

बनेपा । – काभ्रेको बनेपाका भेट्रान खेलाडी र सिन्धुपाल्चोक चौताराका भेट्रान खेलाडीबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल भोलि शनिबार हुने भएको छ। दिउँसो २ बजे बनेपाको चाईनाटाउन खेल मैदानमा सुरु हुने यस खेलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक बनेपा मर्निङ फुटसल समूहले जनाएको छ।

गत भदौ २२ मा चौतारामा सेभेन ए साईड खेलमा भेट्रान टोलीहरूबीच खेल भएको थियो, जसमा दुवै पक्षले बराबरी खेल प्रस्तुत गरेका थिए। यो प्रतियोगिता आपसी एकता र भाईचारा मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको भवसागर रञ्जितले बताए। उनले खेल अनुशासन, गतिशीलता, र स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण रहेकोले मैत्रीपूर्ण प्रतिस्पर्धा राखिएको स्पष्ट पारे।

शनिबार हुने यो खेलमा बनेपा नगरपालिकाका जनप्रतिनिधि, जिल्ला फुटबल संघका प्रतिनिधिको पनि उपस्थिति रहनेछ। चौतारामा सेभेन ए साईड खेलेर आएपछि बनेपामा ११ जना खेलाडीहरूको पूर्ण टोलीले मैदानमा उत्रने तयारी गरेको आयोजकले जानकारी दिएको छ।

बनेपाका भेट्रान खेलाडीहरू एक दशकदेखि फुटसल र फुटबलमा सक्रिय रहँदै आएका छन्। केही वर्षदेखि गुड मर्निङ फुटसल समूहका रूपमा खेलकुद र सामाजिक कार्यमा पनि सक्रिय बनेको यो टोलीले हालै नमोबुद्ध भेट्रान टोलीलाई हराउँदै सफलता प्राप्त गरेको थियो। साथै, गत वर्ष बनेपामा आयोजित भेट्रान कपमा पनि यो टोली विजेता बनेको थियो।

गुड मर्निङ टोलीमा राष्ट्रिय, क्षेत्रीय, र जिल्लामा नाम कमाएका खेलाडीहरू, प्रतिष्ठित व्यापारी, व्यवसायी, प्रहरी, निजामती कर्मचारी, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि र युवा अगुवा रहेका छन्। आफ्नो छोटो यात्रामै यो टोलीले विभिन्न फुटबल क्रियाकलाप गर्दै स्थानीय खेल क्षेत्रलाई योगदान पुर्‍याउँदै आएको छ।

शनिबारको खेलमा काभ्रेली खेलाडीहरूलाई समर्थन गर्न मैदानमा उपस्थित भएर हौसला दिन आयोजकले सबैलाई अनुरोध गरेको छ।


  • Jigyasa media

थप