Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

२० रनको सानदार जितसहित मुम्बई दोस्रो क्वालिफायरमा, गुजरात प्रतियोगिताबाट बाहिर

  •   १ वर्ष अघि | १७ जेष्ठ २०८२, शनिबार

१७ जेठ, काठमाडौं ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले गए राति भएको आईपीएल २०८२ को इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।

मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २२८ रनको विशाल स्कोर खडा गरेको थियो। ओपनर रोहित शर्माले ५० बलमा दमदार ८१ रन बनाउँदै इनिङको आधार तयार गरे। अर्का ओपनर जोनी बेयरस्टोले ४७ रनसुर्यकुमार यादवले ३३ रन र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरात टाइटान्स २० ओभरमै ६ विकेट गुमाएर २०८ रनमा समेटियो। टिमका लागि साइ सुदर्शनले संघर्षपूर्ण ८० रनवासिङटन सुन्दरले ४८ रनशेरफन रदरफोर्डले २४ रन र कुसल मेन्डिसले २० रन बनाए पनि लक्ष्य पुग्न सकेनन्।

मुम्बईको बलिङ पक्षमा जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले २–२ विकेट लिए भने मिचेल सान्टनर र अश्विनी कुमारले १–१ विकेट झारे।

यस जितसँगै मुम्बई इन्डियन्स अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पञ्जाब किङ्ससँग भिड्नेछ
त्यहीँसँगै गुजरात टाइटान्सको यस सिजनको यात्रा समाप्त भएको छ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुनः उपाधि यात्रामा अघि बढ्दा, गतवर्षको विजेता गुजरातको आशा यस पटक अधुरो रह्यो। मुम्बईको पुनरागमनले आईपीएलमा नयाँ उत्साह थपेको छ।

– जिज्ञासा नेपाल खेलकुद डेस्क

  • Jigyasanepal

थप