Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

२० रनको सानदार जितसहित मुम्बई दोस्रो क्वालिफायरमा, गुजरात प्रतियोगिताबाट बाहिर

  •   १ वर्ष अघि | १७ जेष्ठ २०८२, शनिबार

१७ जेठ, काठमाडौं ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले गए राति भएको आईपीएल २०८२ को इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।

मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २२८ रनको विशाल स्कोर खडा गरेको थियो। ओपनर रोहित शर्माले ५० बलमा दमदार ८१ रन बनाउँदै इनिङको आधार तयार गरे। अर्का ओपनर जोनी बेयरस्टोले ४७ रन, सुर्यकुमार यादवले ३३ रन र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरात टाइटान्स २० ओभरमै ६ विकेट गुमाएर २०८ रनमा समेटियो। टिमका लागि साइ सुदर्शनले संघर्षपूर्ण ८० रन, वासिङटन सुन्दरले ४८ रन, शेरफन रदरफोर्डले २४ रन र कुसल मेन्डिसले २० रन बनाए पनि लक्ष्य पुग्न सकेनन्।

मुम्बईको बलिङ पक्षमा जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले २–२ विकेट लिए भने मिचेल सान्टनर र अश्विनी कुमारले १–१ विकेट झारे।

यस जितसँगै मुम्बई इन्डियन्स अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पञ्जाब किङ्ससँग भिड्नेछ।
त्यहीँसँगै गुजरात टाइटान्सको यस सिजनको यात्रा समाप्त भएको छ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुनः उपाधि यात्रामा अघि बढ्दा, गतवर्षको विजेता गुजरातको आशा यस पटक अधुरो रह्यो। मुम्बईको पुनरागमनले आईपीएलमा नयाँ उत्साह थपेको छ।

– जिज्ञासा नेपाल खेलकुद डेस्क

  • Jigyasanepal

थप