Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह 'ए' बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह 'ए' बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन्। मंगलबार सम्पन्न समूह 'ए' को खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २-० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेशले सेमिफाइनल यात्रा सुनिश्चित गरेका हुन्। श्रीलङ्का भने समूह 'ए' का दुवै खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। सोमबार सम्पन्न समूह 'बी' को खेलमा भारतले भुटानलाई १-० गोलले हराएको थियो।

समूह 'ए' मा नेपालसँग पराजित भएको श्रीलङ्का सेमिफाइनल पुग्न यो खेल जित्नै पर्ने अवस्थामा थियो भने बङ्गलादेशले आफ्नो पहिलो खेल खेल्दै थियो।

यस प्रतियोगितामा नेपालसहित ६ देशले भाग लिएका छन्। नेपाल समूह 'ए' मा बङ्गलादेश र श्रीलङ्कासँग रहेको छ भने समूह 'बी' मा भारत, भुटान, र माल्दिभ्स रहेका छन्। नेपालले समूह चरणको अर्को खेल बिहीबार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।

  • Jigyasanepal

थप