Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

नेपालको प्रभावशाली जित: स्कटल्याण्डलाई ५ विकेटले हरायो

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

कात्तिक १४, काठमाडौं – आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा सम्पन्न खेलमा टस जितेर स्कटल्याण्डले ब्याटिङ रोज्यो। तर नेपालका बलरहरूको कडाइका कारण ४१.४ ओभरमा सबै विकेट गुमाएर केवल १५४ रनमै सिमित रह्यो। स्कटल्याण्डको तर्फबाट मार्क वाटले ३४ रन बनाए, भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने, करन केसी, सोमपाल कामी र गुल्शन झाले २/२ विकेट तथा आरिफ शेखले १ विकेट लिएर स्कटल्याण्डलाई सस्तोमा समेटे।

नेपालले १५५ रनको लक्ष्यलाई २९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै खेल जित्यो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ५१ रन बनाए। कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रनको योगदान दिए भने आसिफ शेखले २१ रन बनाए।

स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट हात पारे भने ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए।

यसअघि, त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो, जबकि स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै सशक्त शुरुवात गरेको थियो।


  • Jigyasa media

थप