Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपालको प्रभावशाली जित: स्कटल्याण्डलाई ५ विकेटले हरायो

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

कात्तिक १४, काठमाडौं – आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा सम्पन्न खेलमा टस जितेर स्कटल्याण्डले ब्याटिङ रोज्यो। तर नेपालका बलरहरूको कडाइका कारण ४१.४ ओभरमा सबै विकेट गुमाएर केवल १५४ रनमै सिमित रह्यो। स्कटल्याण्डको तर्फबाट मार्क वाटले ३४ रन बनाए, भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने, करन केसी, सोमपाल कामी र गुल्शन झाले २/२ विकेट तथा आरिफ शेखले १ विकेट लिएर स्कटल्याण्डलाई सस्तोमा समेटे।

नेपालले १५५ रनको लक्ष्यलाई २९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै खेल जित्यो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ५१ रन बनाए। कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रनको योगदान दिए भने आसिफ शेखले २१ रन बनाए।

स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट हात पारे भने ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए।

यसअघि, त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो, जबकि स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै सशक्त शुरुवात गरेको थियो।


  • Jigyasa media

थप