Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित!

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाडौं – नेपाली फुटबलमा ऐतिहासिक क्षण! नेपालले सिंगापुरलाई उसकै घरेलु मैदानमा पराजित गर्दै ३६ वर्षपछि पहिलो जित दर्ता गरेको छ।

शुक्रबार सिंगापुरको नेसनल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपालले १-० को रोमाञ्चक जित हात पार्यो। नेपालका लागि निर्णायक गोल जिलेस्पी जंग कार्कीले गरे। खेलको १२औं मिनेटमा मनिष डाँगीको उत्कृष्ट असिस्टमा कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाए।

यो जितसँगै नेपालले ३६ वर्षको लामो पर्खाइ तोडेको छ। पछिल्लो पटक सन् १९८९ मा नेपालले सिंगापुरविरुद्ध खेलेको विश्वकप छनोट खेलमा दुबै लेगमा ३-० र ५-० को हार बेहोरेको थियो।

यस ऐतिहासिक जितले नेपाली फुटबलमा नयाँ आत्मविश्वास भरेको छ।


  • Jigyasa media

थप