Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

रनरेटको नियमले नेपाललाई विश्वकपबाट रोक्यो

  •   २ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

काठमाडौं । घरेलु मैदान, हर्षको उत्साह, जितको लय — तर अन्त्यमा खेलको मैदान होइन, आकाशको बदलो निर्णायक बन्यो। आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटको अन्तिम खेल आज शनिबार अफगानिस्तानसँगको भिडन्त हुनुअघि नै वर्षाले रोकियो, र त्यससँगै नेपालको विश्वकप यात्रा पनि रोकियो।

कीर्तिपुर रंगशालामा बिहान ९ः३० बजेबाट सुरु हुने तालिका रहेको निर्णायक खेल वर्षाले रद्द भयो। जसले नेपाल र अफगानिस्तान दुवैलाई १–१ अंक बाँडिदियो। दुवै टोलीको अंक ७–७ भए तापनि रनरेटमा अगाडि रहेको अफगानिस्तानले विश्वकपको टिकट पायो।

नेपालले यस प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै युएईलाई ५ रनले, ओमनलाई ८ विकेटले र हङकङलाई ९ विकेटले पराजित गरिसकेको थियो। अफगानिस्तानले पनि हङकङ र ओमनलाई ८ विकेटले र युएईलाई भारी १८० रनले हराउँदै रनरेटमा अग्लो उचाइ बनायो।

तर, नेपालका युवा खेलाडीहरुको जुझारुपन, प्रतिबद्धता र खेलप्रतिको समर्पण भने वर्षाले पनि धुने सक्दैन। मैदानमा वर्षाले खेल रोकेको हो, तर युवाको साहस र भावी सम्भावनामा कुनै रोकावट छैन।

क्रिकेटको भाग्य कहिलेकाहीँ खेलको नियमभन्दा बाहिरकाले लेख्छ — र आज त्यो वर्षा थियो। यद्यपि, नेपाली क्रिकेटप्रेमीहरुको मनमा यो टीमले आशा, गर्व र भविष्यको उज्यालो सम्भावनाको बिजारोपण गरिदिएको छ।

  • H

थप