Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

एनपीएलमा आज दुई कडा भिडन्त : प्लेअफको समीकरण बदल्ने निर्णायक खेल

  •   १० महिना अघि | १६ मंसिर २०८२, मङ्लबार

काठमाडौं, मंसिर १६ – राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई रोमाञ्चक खेलसँग थप चर्किँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान आज प्लेअफको यात्रालाई प्रभाव पार्ने महत्त्वपूर्ण भिडन्तहरूको साक्षी बन्दैछ।

पहिलो खेल : जनकपुर बनाम चितवन – ‘डू–अर–डाइ’

बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।

लगातार चार खेलमा हार बेहोरी तालिकाको पुछारमा पुगेको जनकपुर अहिले ‘अन्तिम आशा’ लिएर मैदान उत्रनेछ।

आज जित निकाले मात्र जनकपुर गणितीय हिसाबले प्लेअफको दौडमा जिवित रहन सक्छ।

उता, चार खेलमध्ये दुई खेल जितेर बलियो लयमा रहेको चितवन राइनोज आजको खेल जित्दै प्लेअफ यात्रालाई झनै सुनिश्चित बनाउने मुडमा छ।

दोस्रो खेल : पोखरा बनाम कर्णाली – प्लेअफको ढोका खोल्ने संघर्ष

अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन्।

चार खेलमा एक जित हात पारेको पोखराका लागि आजको खेल अत्यन्त निर्णायक छ। जिते प्लेअफसम्म पुग्ने आशा चम्किन सक्छ।

कर्णाली याक्सका लागि पनि यो खेल जीवन–मरण जस्तै छ। जित निकाले मात्र टोली प्लेअफको प्रतिस्पर्धामा मजबुत दाबेदार बन्नेछ।

प्लेअफको दौड गर्मिँदै

दोस्रो संस्करणको एनपीएल अन्तिम चरणतर्फ उन्मुख हुँदै गर्दा आजका दुवै खेलले प्लेअफको पुरै समीकरण बदल्ने सम्भावना बोकेका छन्।

समर्थकहरूको चासो र उत्साह चुलिएको छ, र कीर्तिपुर आज फेरि एक पटक उच्चस्तरीय टी-२० रोमाञ्चले भरिने निश्चित छ।

  • Jigyasanepal

थप