Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

रजत पदक विजेता एरिका गुरुङलाई भव्य स्वागत

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

काठमाडौं: एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेर स्वदेश फर्किएकी कराते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। चीनको हाङझाओ शहरमा सम्पन्न प्रतियोगितामा गुरुङले ६८ केजी माथिको तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित भइ रजत पदक जितेकी थिइन्।

विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायतका अधिकारीहरूले गुरुङलाई स्वागत गरेका थिए। गुरुङले गोल्ड मेडलको लक्ष्यसाथ खेलेपनि रजत पदक जित्न सफल भएकी थिइन्। उनले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी, एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरूलाई पनि स्वागत गरियो। सदस्य सचिव घिसिङले पदक विजेता खेलाडीहरूको उच्च प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई छिट्टै पुरस्कार प्रदान गरिने जानकारी दिए। साथै, एरिकाको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि तयारीमा विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपाल कराँते महासंघका अध्यक्ष लामाले खेलाडीहरूको प्रदर्शनसँगै नेपालका खेलहरूको भविष्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए।


  • Jigyasa media

थप