Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

रजत पदक विजेता एरिका गुरुङलाई भव्य स्वागत

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

काठमाडौं: एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेर स्वदेश फर्किएकी कराते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। चीनको हाङझाओ शहरमा सम्पन्न प्रतियोगितामा गुरुङले ६८ केजी माथिको तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित भइ रजत पदक जितेकी थिइन्।

विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायतका अधिकारीहरूले गुरुङलाई स्वागत गरेका थिए। गुरुङले गोल्ड मेडलको लक्ष्यसाथ खेलेपनि रजत पदक जित्न सफल भएकी थिइन्। उनले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी, एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरूलाई पनि स्वागत गरियो। सदस्य सचिव घिसिङले पदक विजेता खेलाडीहरूको उच्च प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई छिट्टै पुरस्कार प्रदान गरिने जानकारी दिए। साथै, एरिकाको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि तयारीमा विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपाल कराँते महासंघका अध्यक्ष लामाले खेलाडीहरूको प्रदर्शनसँगै नेपालका खेलहरूको भविष्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए।


  • Jigyasa media

थप