Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

क्यानडा ओलम्पिक टिममा विवाद: सहायक स्टाफ हिरासतमा, प्रमुख प्रशिक्षक निलम्बित

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

क्यानाडा  । क्यानडा ओलम्पिक टिममा एक विवाद उत्पन्न भएको छ जसमा क्यानडा टिमका सहायक स्टाफलाई प्रहरीले हिरासतमा लिएको छ। यस घटनामा न्युजिल्यान्ड ओलम्पिक कमिटीले आधिकारिक रुपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) मा केस दर्ता गरेको छ।

यसबीच, क्यानडाको टिममा दुईवटा चुनौती थपिएका छन्। पहिलो चुनौती प्रमुख प्रशिक्षक वेभ प्रिस्टमेनको अनुपस्थितिमा सहायक प्रशिक्षक एन्डी स्पेन्सलाई ओलम्पिकभर प्रशिक्षकको जिम्मेवारी दिइएको छ। क्यानडा ओलम्पिक कमिटीले आज विज्ञप्ति जारी गर्दै प्रिस्टमेनलाई जिम्मेवारीबाट हटाएर एन्डीलाई नयाँ जिम्मेवारी दिएको जानकारी दिएको छ।

विज्ञप्तिमा उल्लेख छ, "पछिल्लो २४ घण्टामा आएका सूचनाका आधारमा क्यानडा फुटबल टिमको निर्णय अनुसार प्रमुख प्रशिक्षक वेभ प्रिस्टमेनलाई पेरिस ओलम्पिक २०२४ सम्मका लागि निलम्बित गरिएको छ।"

प्रिस्टमेनले यसअघि यो जिम्मेवारी कहिल्यै निर्वाह नगरेकाले रणनीतिक रुपमा क्यानडा टिम पहिलाको जस्तो सक्षम हुन सक्ला कि नसक्ला भन्ने चुनौती रहेको छ। अर्को चुनौती भनेको आफ्नो साख जोगाउने हो। उपाधि रक्षाको जिम्मेवारीसँगै हरेकको नजर क्यानडा टिमको गतिविधिमा हुनेछ। यस घटनाले सम्पूर्ण टिमलाई शंकाको घेरामा पारेको छ, जसमा प्रमुख प्रशिक्षक मात्र नभई एक सहायक प्रशिक्षक र विश्लेषक पनि संलग्न भएका छन्।

यो विवाद साम्य हुँदै गर्दा क्यानडा टिमलाई अब एउटा पहाड चढ्नु छ र धेरै कुरा सावित गर्नु छ। क्यानडाले २०२४ ओलम्पिकमा आफ्नो पहिलो खेल सोमबार फ्रान्सविरुद्ध खेल्नेछ। समूह ए मा रहेको क्यानडा टिमले घरेलु टिम फ्रान्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

  • Jigyasa media

थप