Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपालको दोस्रो जित: यु-१९ महिला विश्वकप छनोटमा कुवेतलाई १०८ रनले पराजित

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

काठमाडौं - आइसिसी यु-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले शानदार प्रदर्शन गर्दै बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले यो जितसँगै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।

कुवेतलाई १३ ओभरमै अलआउट गरेको नेपालका लागि बलिङमा रचना चौधरी र सिमाना केसीले उत्कृष्ट योगदान दिए, दुवैले २/२ विकेट लिए भने कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १/१ विकेट हात पारे। कुवेतका लागि ओपनर जिफाले १२ रन बनाए पनि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। कप्तान पूजा महतोले टोलीका लागि सर्वाधिक ३४ रन बनाइन् भने ओपनर साना प्रविनले २५ रन, ज्योत्सिका मरासिनीले २३ रन र एलिसाकुमारी यादवले १५ रनको योगदान दिए।

यसअघि, नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दै विजयी शुरुवात गरेको थियो। एसिया छनोटमा नेपालसहित युएई, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान पक्कागर्नेछ।


  • Jigyasa media

थप