Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

त्रिपुरेश्वरमा सम्पन्न तेक्वान्दो प्रतियोगिता: काभ्रेले जित्यो उपाधि

  •   २ वर्ष अघि | २६ माघ २०८१, शनिबार

काठमाडौं, त्रिपुरेश्वर । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय तथा टोखा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित "वाग्मती प्रदेश स्तरीय जुनियर आई.टी.एफ. तेक्वान्दो प्रतियोगिता"को उपाधि काभ्रे जिल्लाले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भव्य रूपमा सम्पन्न भएको उक्त प्रतियोगितामा ११ वटा जिल्लाका २५० भन्दा बढी खेलाडीहरू र ४० जना भन्दा बढी राष्ट्रिय स्तरका रेफ्रीहरूले निर्णायकको भूमिका निर्वाह गरेका थिए।


कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलले गर्नु भएको थियो भने समापन समारोह टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी ज्यूँ को प्रमुख आतिथ्यमा विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, बिषेश अतिथि शेर बहादुर बि.सि. र अतिथि वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको उपस्थितिमा बिजय खेलाडीहरुलाई सम्मान तथा पुरस्कार बितारण भएको थियो।

प्रतियोगिताको नतिजा

**काभ्रेपलाञ्चोक प्रथम स्थानमा रह्यो

**काठमाडौंले दोस्रो स्थान हासिल गर्‍यो

**ललितपुर तेस्रो स्थानमा रह्यो


कार्यक्रम सञ्चालनमा टोखा नगरपालिकाका वडा सदस्य, काठमाण्डौ जिल्ला तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष सरोज ठकुरी काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव रितिज पुरी, कोषाध्यक्ष डेविट घले तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकका तर्फबाट प्रतियोगिता आयोजक ब्यावस्थापक संयोजक एवं धपासी (ITF) डोजाङका प्रमुख प्रशिक्षक कर्साङ दोर्जे स्याङ्बा तामाङले सबै सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

  • Jigyasa media

थप