Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

पारो एफसीको विजय: चर्च ब्वाइजलाई पराजित गर्दै भुटानी फुटबलमा ऐतिहासिक जित

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाडौं ।एएफसी च्यालेन्ज लिगमा मंगलबार नेपाली क्लब चर्च ब्वाइज क्लबलाई पराजित गर्दै भुटानी क्लब पारो एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। पारो एफसीको यो जित भुटानी फुटबलका लागि ऐतिहासिक ठहरिएको छ।


पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यो जितले भुटानी फुटबलमा ठूलो महत्व राख्ने बताएका छन्। "यो जितले भुटानी फुटबलमा धेरै ठूलो अर्थ राख्छ। अब दुई-तीन वर्ष समस्या हुँदैन," उनले भने।


यो प्रतियोगिताका लागि पारोले जापानी स्टार खेलाडी होण्डासहित धेरै विदेशी खेलाडी अनुबन्ध गरेको थियो। प्रशिक्षक शर्माका अनुसार विदेशी खेलाडीहरूको सहयोगले नतिजा आफ्नो पक्षमा आउन सफल भएको हो। "हामीले भुटानी खेलाडीहरूबाट धेरै प्रयास गर्‍यौं तर चार पटक पनि सफल नभएपछि विदेशी खेलाडी ल्याएर खेल्यौं," उनले थपे।

  • Jigyasa media

थप