Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

पारो एफसीको विजय: चर्च ब्वाइजलाई पराजित गर्दै भुटानी फुटबलमा ऐतिहासिक जित

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाडौं ।एएफसी च्यालेन्ज लिगमा मंगलबार नेपाली क्लब चर्च ब्वाइज क्लबलाई पराजित गर्दै भुटानी क्लब पारो एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। पारो एफसीको यो जित भुटानी फुटबलका लागि ऐतिहासिक ठहरिएको छ।


पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले यो जितले भुटानी फुटबलमा ठूलो महत्व राख्ने बताएका छन्। "यो जितले भुटानी फुटबलमा धेरै ठूलो अर्थ राख्छ। अब दुई-तीन वर्ष समस्या हुँदैन," उनले भने।


यो प्रतियोगिताका लागि पारोले जापानी स्टार खेलाडी होण्डासहित धेरै विदेशी खेलाडी अनुबन्ध गरेको थियो। प्रशिक्षक शर्माका अनुसार विदेशी खेलाडीहरूको सहयोगले नतिजा आफ्नो पक्षमा आउन सफल भएको हो। "हामीले भुटानी खेलाडीहरूबाट धेरै प्रयास गर्‍यौं तर चार पटक पनि सफल नभएपछि विदेशी खेलाडी ल्याएर खेल्यौं," उनले थपे।

  • Jigyasa media

थप