Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो

  •   २ वर्ष अघि | ३० असार २०८१, आइतवार

काठमाडौं । क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो भएको छ ।

आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी भएपछि खेल सुटआउटमा पुगेको हो ।

जहाँ उरुग्वेका लागि पेनाल्टी प्रहार गरेका चारै खेलाडीले गोल गर्दा क्यानडाका दुई खेलाडी चुके ।

उरुग्वेका लागि फेडेरिको भलभर्डे, रोड्रिगो बेन्टानकुर, डे अरास्काएटा रलुइस सुवारेजले गोल गरे ।

क्यानडाका लागि जोनाथन डेविड, मोइस बोम्बितो र माथिउ चोइनिइरेले मात्र गोल गरे ।

इस्माएल कोनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने अल्फोन्सोले डेविडले हानेको अन्तिम पेनाल्टी क्रसबारमा लागेको थियो ।

त्यसअघि हार नजिक पुगेको उरुग्वेका लागि इन्जुरी टाइममा सुवारेजले बराबरी गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा रोड्रिगोलबेन्ट नकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । मोनले २२औं मिनेटमा क्यानडाका लागि बराबरी गोल गरेका थिए ।

यस्तै ८०औं मिनेटमा जोनाथन डेविडले गोल गर्दै क्यानडालाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर, अन्तिम सममया सम्हालिन नसक्दा पहिलो सहभागितामै तेस्रो बन्ने अवसर क्यानडाले गुमायो ।

  • Jigyasa media

थप