Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

छोरीको खेल हेर्न नपाएका बुबाआमाको कथा

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

बझाङ। गएको शुक्रबार श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट प्रतियोगिता भइरहेको थियो। नेपाल र युएईबीच प्रतिस्पर्धा थियो र नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट खेल सुरु भएको थियो। यस खेलमा बझाङकी सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरिरहेकी थिइन्। तर, सम्झनाका बुबा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का भने लेकतिर घेराबारको काम गरिरहेका थिए। 


सम्झनाका बुबाआमालाई छोरीले क्रिकेट खेल्छिन् भन्ने थाहा थियो, तर खेल कति बजे र कहाँ हेर्ने भन्ने टुंगो थिएन। उनीहरू बिहानको खाना खाएर काममा निस्किए। सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाए।


सम्झनाका बुबा देवेन्द्रले भने, "दिनभर घरमा बसेर केही हुन्न, घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन। त्यसैले हामी लेकतिर गयौँ। पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हेर्‍यौँ।"


खेलको खासै जानकारी नपाए पनि छोरीको उत्कृष्ट प्रदर्शनले बुबाआमा खुसी छन्। सम्झनाले युएईविरुद्धको खेलमा ४५ बलमा ११ चौकासहित ७२ रन बनाइन् र प्लेयर अफ दि म्याचको उपाधि जितिन्। सम्झनाको यो प्रदर्शनले उनलाई राष्ट्रिय स्तरमा चिनायो। सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि क्रिकेट खेल्न सिकाएका सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो।


सम्झनाको परिवार अहिले उनको खेलबाट गर्वित छ। सम्झनाले दुई वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएकी छन् र यसपटकको एसिया कपमा १८ अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन्। 


तर, सम्झनाका बुबाआमा कुनै पनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाएनन्। देवेन्द्रले भने, "घरको टिभिमा खेल आउँदैन, मोबाइल छैन। अरुले भनेको आधारमा छोरीले खेल जितेको-हारेको थाहा पाउँछौँ।"

सम्झनाको खेल जीवनमा प्रगति देख्दा उनको परिवार सन्तुष्ट छन्।

  • RSS

थप