Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाण्डौ भदौ १८ — उरुग्वेका प्रख्यात फुटबल खेलाडी लुइस सुआरेजले ३७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 

सुआरेजले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल पाराग्वेविरुद्ध शुक्रबार खेल्दैछन्। उरुग्वेका सर्वाधिक गोलकर्ता रहेका सुआरेजले राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन्।

सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले, "शुक्रबार मेरो देशका लागि अन्तिम खेल हुनेछ," भनेर आफ्नो निर्णय सार्वजनिक गरे।

सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले आफ्नो सन्यासलाई समयसापेक्ष निर्णयको रूपमा व्याख्या गरेका छन्। "मलाई अर्को विश्वकप खेल्न गाह्रो छ भन्ने थाहा छ, तर चोटका कारण नभई आफ्नै इच्छाले सन्यास लिन पाउनु सुखद कुरा हो," उनले भने।

सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट चार पटक विश्वकप र पाँच पटक कोपा अमेरिका खेलेका छन्। उनले २०११ मा उरुग्वेलाई कोपा अमेरिकाको उपाधि जिताएका थिए, जुन उनको करियरको सबैभन्दा उत्कृष्ट क्षण रह्यो।

सुआरेजले क्लब करियरलाई भने निरन्तरता दिनेछन् र हाल उनी मेजर सकर लिग क्लब इन्टर मायामीमा आफ्ना नजिकका साथी लिओनल मेसीसँगै खेल्दैछन्। सुआरेजले यसअघि अयाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोका लागि पनि खेलेका थिए।

  • Jigyasa media

थप