Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

सन्दीप लामिछानेलाई अमेरिकी भिसा प्राप्त, अमेरिका प्रस्थानको तयारी

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१  काठमाडौं

नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप आजै (शुक्रबार) अमेरिका प्रस्थान गर्ने तयारीमा छन्।

नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० शृङ्खला आजदेखि सुरु भएको छ, जसको पहिलो खेल नेपालले जितिसकेको छ। यो शृङ्खला नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ को हिस्सा हो, जुन अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि, भिसा नपाउँदा सन्दीपले अमेरिकामा हुने टी-२० विश्वकपका खेलहरूमा सहभागी हुन पाएका थिएनन्। क्यानडामा खेलेपछि सन्दीप भिसा अभावका कारण स्वदेश फर्किनुपरेको थियो, तर अब उनले अमेरिकी भिसा पाएपछि शृङ्खलामा खेल्न अमेरिका जानेछन्।


  • Jigyasa media

थप