Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

मेरा सपना छन्

  •   २ वर्ष अघि | २० फाल्गुन २०८१, मङ्लबार

कविता:

                                ✍🏼ईश्वरबल्लभ


म भित्र फूलझै फक्रिरहेका सपना छन्

म तिमीलाई दिन सकूँ

हरेक हरियालीबाट सरसता टिपी

तिमीलाई सुम्पन सकूँ

कि मेरो निम्ति एउटा गीत बनोस्

तिम्रा कोमलताहरूले,

रसिला पातहरू बनून् प्रत्येक बुटामा

- म तिनलाई छर्न सकूँ

तिमी पानी पनि त हौ

कहिले मेरा खोलाहरूमा सग्लो बग्न सक्छौ

रेशमी थुँगा हौ भने

कहिले मेरा अग्निहरूमा मिल्न सक्छौ

तिमी बगैँचा हौ

कहिले मेरो पतझडमा फुल्न सक्छौ

कि एकछिन आऊ, मेरो आँगनसम्म

त्यहाँ एउटा गहिरो नदी बगोस्

तिमी बग फेरि म बगूँ त्यसमा

तिमीभित्र फेरि म तिमीजस्तै भिज्न सकूँ ।

  • Jigyasa media

थप