Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

देशले आज फेरी माझी खोजिरहेछ !

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार


     – सुशील लेखक


तिनले चढेको डुंगामा,

विकास र नेतृत्वका लागि नीति, कार्यक्रम र अध्ययन छैन

दम्भ, घमण्ड, स्वार्थ र अभिमान मात्रै रहेछ

खै कहाँ कता आज नेपाली डुंगा बगिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ


तिनले चढेको डुंगामा,

शान्ति र प्रगतिका लागि विचार, विश्वास र आदर्श छैन

झुठ, ठगी, धोका र बेइमानी मात्रै रेछ 

खै कहाँ कता आज नेपाली डुंगा बगिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ


तिनले चढेको डुंगामा,

नेपाली झण्डा, पन, आवाज र संस्कार छैन

प्रतिकार, गाली, गलौज र मानमर्दन मात्रै रेछ

खै कहाँ कता आज नेपाली डुंगा बगिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ ।


  • Jigyasa media

थप