Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

देशले आज फेरी माझी खोजिरहेछ !

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार


     – सुशील लेखक


तिनले चढेको डुंगामा,

विकास र नेतृत्वका लागि नीति, कार्यक्रम र अध्ययन छैन

दम्भ, घमण्ड, स्वार्थ र अभिमान मात्रै रहेछ

खै कहाँ कता आज नेपाली डुंगा बगिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ


तिनले चढेको डुंगामा,

शान्ति र प्रगतिका लागि विचार, विश्वास र आदर्श छैन

झुठ, ठगी, धोका र बेइमानी मात्रै रेछ 

खै कहाँ कता आज नेपाली डुंगा बगिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ


तिनले चढेको डुंगामा,

नेपाली झण्डा, पन, आवाज र संस्कार छैन

प्रतिकार, गाली, गलौज र मानमर्दन मात्रै रेछ

खै कहाँ कता आज नेपाली डुंगा बगिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ

देशले आज फेरी माझी खोजिरहेछ ।


  • Jigyasa media

थप