Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

जेठ ६ गते मंगलबार २०८२ को दैनिक राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज भावनामा बहकिने सम्भावना छ। मिहिनेत गरे पनि फल अलिक ढिलो मिल्ने देखिन्छ। घरायसी विषयमा धैर्य अपनाउनु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आगमनको राम्रो संकेत छ। आफन्तसँग टाढा रहेका व्यक्तिबाट सुखद खबर आउन सक्छ। यात्रा सफल र फलदायी हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वास बढ्नेछ। नयाँ योजनाको सुरुवातको राम्रो समय हो। तर आर्थिक निर्णय सोचविचार गरी लिनु उपयुक्त हुन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक तनावको सम्भावना देखिन्छ। मन स्थिर नरहन सक्छ। सहकर्मीहरूसँग विचार नमिल्न सक्छ, संयम राख्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। प्रतिस्पर्धामा विजय मिल्नेछ। साँझतिर मित्रको सहयोगले काम बन्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ वा सीपमा प्रगति हुनेछ। मान-सम्मान प्राप्त हुनेछ। आर्थिक लाभ पनि सम्भावित छ। तर, स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सोचेजस्तो काम नहुन सक्छ। कानुनी वा प्रशासनिक झमेलाबाट सचेत रहनुहोस्। मनोबल कमजोर नबनाउनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्ने सम्भावना छ। मानसिक द्वन्द्व हुन सक्छ। सानो विवादले ठूलो रुप लिन सक्छ, बोलीमा नियन्त्रण गर्नु राम्रो।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
नयाँ अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको सम्बन्धमा नजिकिँदै जाने दिन हो। आर्थिक स्थिति सुदृढ बन्नेछ।

मकर (भो, जा, जि, जु, ख, खि, खु, खे, खो, गा)
कर्म क्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि अड्किएको काम बन्न सक्छ। नयाँ कामको थालनी सफल हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक कार्यमा रुचि बढ्नेछ। मानसिक सन्तुलन राम्रो रहनेछ। पारिवारिक वातावरण पनि सुखद रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सञ्चार, लेखन वा अभिव्यक्तिका क्षेत्रबाट लाभ हुनेछ। मिहिनेत अनुसारको फल पाउन सकिने दिन हो। साँझतिर विश्रामको समय निकाल्नु होला।

  • Jigyasanepal

थप