Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

जेठ ६ गते मंगलबार २०८२ को दैनिक राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज भावनामा बहकिने सम्भावना छ। मिहिनेत गरे पनि फल अलिक ढिलो मिल्ने देखिन्छ। घरायसी विषयमा धैर्य अपनाउनु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आगमनको राम्रो संकेत छ। आफन्तसँग टाढा रहेका व्यक्तिबाट सुखद खबर आउन सक्छ। यात्रा सफल र फलदायी हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वास बढ्नेछ। नयाँ योजनाको सुरुवातको राम्रो समय हो। तर आर्थिक निर्णय सोचविचार गरी लिनु उपयुक्त हुन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक तनावको सम्भावना देखिन्छ। मन स्थिर नरहन सक्छ। सहकर्मीहरूसँग विचार नमिल्न सक्छ, संयम राख्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। प्रतिस्पर्धामा विजय मिल्नेछ। साँझतिर मित्रको सहयोगले काम बन्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ वा सीपमा प्रगति हुनेछ। मान-सम्मान प्राप्त हुनेछ। आर्थिक लाभ पनि सम्भावित छ। तर, स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सोचेजस्तो काम नहुन सक्छ। कानुनी वा प्रशासनिक झमेलाबाट सचेत रहनुहोस्। मनोबल कमजोर नबनाउनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्ने सम्भावना छ। मानसिक द्वन्द्व हुन सक्छ। सानो विवादले ठूलो रुप लिन सक्छ, बोलीमा नियन्त्रण गर्नु राम्रो।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
नयाँ अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको सम्बन्धमा नजिकिँदै जाने दिन हो। आर्थिक स्थिति सुदृढ बन्नेछ।

मकर (भो, जा, जि, जु, ख, खि, खु, खे, खो, गा)
कर्म क्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि अड्किएको काम बन्न सक्छ। नयाँ कामको थालनी सफल हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक कार्यमा रुचि बढ्नेछ। मानसिक सन्तुलन राम्रो रहनेछ। पारिवारिक वातावरण पनि सुखद रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सञ्चार, लेखन वा अभिव्यक्तिका क्षेत्रबाट लाभ हुनेछ। मिहिनेत अनुसारको फल पाउन सकिने दिन हो। साँझतिर विश्रामको समय निकाल्नु होला।

  • Jigyasanepal

थप