मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा नयाँ अवसर प्राप्त हुन सक्छ। सानो यात्राले लाभ दिलाउनेछ। आत्मविश्वास बढ्नेछ तर पारिवारिक सम्बन्धमा सन्तुलन कायम गर्नुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आर्थिक पक्ष बलियो बन्दै जानेछ। पुरानो योजना कार्यान्वयनमा आउन सक्छ। प्रेम सम्बन्धमा विश्वास बढ्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –
व्यावसायिक कार्यमा सफलता मिल्नेछ। बौद्धिक छलफलमा सहभागी हुने मौका पाइनेछ। परिवारसँग समय बिताउन पाउनु हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धेरै कुरामा ध्यान दिनुपर्ला, मनमा अलमल रहन सक्छ। खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान पुर्याउनुहोला।
ध्यान वा साधनामा रुचि बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लामो समयदेखि रोकिएको काम बन्ने संकेत छ। मानसम्मान र प्रतिष्ठा बढ्ने समय हो। सामाजिक कार्यमा प्रशंसा पाइनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –
कर्मक्षेत्रमा चुनौती आउन सक्छ तर धैर्य र सुझबुझले पार लगाइनेछ। वरिष्ठ व्यक्तिको सहयोग पाउने सम्भावना छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साझेदारी कार्यमा लाभ मिल्नेछ। नयाँ ठाउँ वा व्यक्तिसँग भेटघाट हुनेछ। सन्देह नगरी काममा विश्वास गर्नु राम्रो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। मनोबल कम हुनसक्छ तर पारिवारिक साथले सहयोग पुग्नेछ। बोल्दा विचार पुर्याउनुहोला।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) –
साहित्य, संगीत वा अध्ययनमा रुचि बढ्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सकारात्मक विकासको सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घर–परिवारका जिम्मेवारी बढ्न सक्छन्। कार्यक्षेत्रमा मिहिनेतको फल मिल्नेछ। मातापिताको सहयोग आवश्यक पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक क्षेत्रमा प्रशंसा पाइनेछ। सानातिना भ्रमणले आनन्द दिनेछ। लेखन वा सृजनात्मक क्षेत्रमा संलग्न व्यक्तिका लागि राम्रो दिन।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –
आर्थिक पक्ष सुदृढ बन्दै जान्छ। ऋण–धन वा कानुनी काममा सजग रहनु उत्तम हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
-
Jigyasanepal