मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कार्यको थालनी गर्न उपयुक्त समय छ। आत्मविश्वास बढ्नेछ। पारिवारिक जिम्मेवारी बढ्ने सम्भावना छ। व्यापार व्यवसायमा लाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धन सम्पत्तिमा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा सकारात्मक प्रगति हुनेछ। व्यावसायिक क्षेत्र बलियो रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजनाको सुरुवात हुनेछ। साथीभाइ र परिवारको सहयोगले मन प्रफुल्ल हुनेछ। बौद्धिक क्षमताको विकास हुनेछ। यात्रा लाभदायक हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमअनुसार प्रतिफल कम पाइने समय हो। स्वास्थ्यमा ध्यान दिनुहोला। पारिवारिक समस्यामा धैर्य राख्नु आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन रमाइलो रहनेछ। प्रेमसम्बन्धमा सुधार हुनेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार आउने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मबल र हिम्मत बढ्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। परिवारमा रमाइलो वातावरण रहनेछ। आर्थिक अवस्थामा सुधार आउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा सफलता प्राप्त हुनेछ। नयाँ सन्देशले उत्साहित बनाउनेछ। व्यक्तिगत सम्बन्धमा नजिक आउने समय हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज निर्णय गर्दा विचार पुर्याउनुहोला। वित्तीय मामिलामा अलि सतर्क रहनुहोस्। नयाँ काममा लगानी गर्दा जोखिम हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विद्यार्थीहरूले आजको समयलाई राम्ररी सदुपयोग गर्न सक्छन्। साथीभाइसँग भेटघाटले मन प्रफुल्ल बनाउनेछ। यात्रामा लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। मानसिक शान्ति मिल्नेछ। व्यावसायिक क्षेत्रमा लाभ हुनेछ। नयाँ अवसर आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विदेश यात्रा वा कामको सम्भावना छ। नयाँ सम्बन्ध बलियो हुनेछ। स्वास्थ्यमा सुधार देखिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक कार्यमा मन जानेछ। अध्ययनमा सफलता मिल्नेछ। पारिवारिक सुखद वातावरण प्राप्त हुनेछ। आर्थिक लाभ हुनेछ।
शुभ दिन ।।
- Jigyasa media