मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन ऊर्जा र उत्साहले भरिपूर्ण रहनेछ। नयाँ योजनामा हात हाल्न सकिन्छ। पारिवारिक सद्भाव बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा केहि अवरोध आउन सक्छ, तर धैर्य गरेमा सफलता मिल्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ।
मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, हा)
यात्रा गर्ने योजना छ भने सावधानी अपनाउनु होला। काममा थप जिम्मेवारी आइपर्ला। प्रेम सम्बन्धमा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरहरू हात लाग्नेछन्। आत्मविश्वास बढ्नेछ। तर, स्वास्थ्यमा अलि ध्यान दिनु आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक लाभ हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विरोधीहरू सक्रिय हुन सक्छन्, सचेत रहनुहोस्। धैर्य र संयम अपनाउँदा परिस्थिति आफ्नो पक्षमा आउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। पारिवारिक माहोल सुखद रहनेछ। वैवाहिक जीवनमा मधुरता रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायिक क्षेत्र राम्रो रहनेछ। प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउनेछ। आत्मबल बढ्नेछ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
कठिन परिस्थितिलाई सहज बनाउन सकिनेछ। वैदेशिक अवसर मिल्न सक्छ। मनोबल उच्च रहनेछ।
मकर (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)
काममा सफलता मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्यात्म र धार्मिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। नयाँ जिम्मेवारी पाइन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शारीरिक तथा मानसिक तनावको सम्भावना छ। नसोचेका अवसर हात लाग्न सक्छन्। स्वास्थ्यमा ध्यान दिनुहोस्।
✦ शुभ दिन ।
- Jigyasa media