मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंको ऊर्जा उच्च हुनेछ। नयाँ कार्य प्रारम्भ गर्न उत्साहित हुनुहुनेछ, तर परिवारका सदस्यसँग सम्बन्धित समस्यामा सतर्कता अपनाउनुहोस्। आर्थिक लाभ हुने देखिन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापारमा राम्रो लाभ हुनेछ। कुनै पुरानो समस्या सुल्झिन सक्छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। यात्रा सुखद हुनसक्छ। खर्चमा भने नियन्त्रण राख्नुपर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो मानसिक शान्तिका लागि आज केही समय आराम गर्नुहोस्। कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ। प्रेम जीवनमा स्थिरता रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईको स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक स्थिति बलियो हुनेछ। व्यक्तिगत जीवनमा केही परिवर्तन हुनसक्छ, तर धैर्य राख्न आवश्यक छ। नयाँ अवसरको खोजी गर्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्ध सुदृढ बन्नेछ। सहकर्मीहरूले तपाईंको सहयोग गर्नेछन्। चुनौतीहरू आउन सक्छन्, तर आत्मविश्वासका साथ सामना गर्नुहोस्। दीर्घकालीन योजनामा ध्यान दिनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक यात्रामा जाने अवसर मिल्न सक्छ। परिवारसँग समय बिताउनु होला। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, ध्यान दिनुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक कार्यमा सफलता मिल्नेछ। लेखन वा अध्ययनमा रुचि बढ्नेछ। साथीभाइको सहयोगले महत्वपूर्ण निर्णय लिन सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना विचारहरूलाई अरूसमक्ष प्रस्तुत गर्दा ध्यान दिनुहोस्। आर्थिक विषयमा केही चुनौती आउन सक्छ, तर धैर्यले समाधान खोज्न सकिनेछ। पारिवारिक जीवनमा सन्तुलन कायम हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मनमा शान्ति छाउनेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल गर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम सम्बन्धमा निखार आउनेछ। परिवारको समर्थनले ठूला निर्णय गर्न सजिलो हुनेछ। आर्थिक रूपमा सुदृढता आउनेछ। काममा विशेष सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ अवसरको खोजीमा रहनुहुनेछ। साथीभाइले साथ दिनेछन्। कुनै नयाँ योजना बनाउने दिन हो, तर निर्णयमा सतर्कता अपनाउनु होला। खर्चमा वृद्धि हुने सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन तपाईको लागि मिलनसार र सहयोगी हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। पारिवारिक जीवनमा सन्तुलन कायम हुनेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ।
शुभ दिन।।
- Jigyasa media