Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

दैनिक राशिफल : भदौ ११, २०८२ (बुधबार)

  •   १ वर्ष अघि | १० भदौ २०८२, मङ्लबार

🐏 मेष 

आज आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा अरूको सहयोग प्राप्त हुनेछ। आर्थिक लाभका अवसर देखा पर्न सक्छन्। प्रेमसम्बन्धमा समय शुभ छ।

🐂 वृष

आफ्नो क्षमताले काम सफल बनाउन सकिनेछ। परिवारमा खुसी छाउने दिन हो। नयाँ योजनामा हात हाल्दा लाभ हुनेछ। तर अनावश्यक खर्च बढ्न सक्छ।

👫 मिथुन 

आज बुद्धिको प्रयोगले कठिन कार्य सजिलै सम्पन्न हुनेछ। यात्राबाट लाभ हुनेछ। साथीभाइ वा आफन्तसँग भेटघाटको सम्भावना छ। मानसिक शान्ति रहनेछ।

🦀 कर्कट 

व्यापार–व्यवसायमा लाभ हुने दिन छ। पुरानो प्रयास सफल हुनेछ। तर पारिवारिक विषयमा सामान्य विवाद आउन सक्छ। धैर्य गर्न आवश्यक छ।

🦁 सिंह 

आज भाग्य चम्किने दिन हो। पद प्रतिष्ठा बढ्ने सम्भावना छ। अध्ययनमा प्रगति हुनेछ। धार्मिक वा सामाजिक कार्यमा संलग्न भइ मान सम्मान पाइने दिन।

🌾 कन्या 

सामान्य स्वास्थ्य समस्या आउन सक्छ। खर्च बढ्ने दिन भएकाले सचेत रहनुहोस्। तर बुद्धि र परिश्रमको प्रयोगले समस्या समाधान हुनेछ।

⚖️ तुला 

प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। परिवारसँग खुसीको समय बिताउने अवसर मिल्नेछ।

🦂 वृश्चिक 

कर्म क्षेत्रमा परिश्रमको मूल्य पाइने दिन हो। वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। घर–परिवारमा शुभकार्यको चर्चा हुनेछ।

🏹 धनु 

विद्यामा प्रगति हुनेछ। दाम्पत्य सम्बन्धमा मिठास बढ्नेछ। यात्राबाट लाभ हुनेछ। धार्मिक वा आध्यात्मिक भावनाले मन प्रफुल्ल रहनेछ।

🐐 मकर 

आज सम्पत्ति सम्बन्धी काम अघि बढ्न सक्छ। तर स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। आर्थिक व्यवहार गर्दा होसियार रहनुहोस्।

🏺 कुम्भ 

आज उत्साह बढ्ने दिन छ। नयाँ काममा हात हाल्दा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। साथीभाइको सहयोग पाइनेछ।

🐟 मीन

साहित्य, कला र सृजनात्मक कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल बन्नेछ। परिवारमा खुसी छाउनेछ। शुभ समाचार सुन्ने सम्भावना छ।

  • Jigyasanepal

थप