Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ साल वैशाख २३ गते, मंगलबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक प्रतिष्ठा बढ्नेछ। रोकिएका काममा सफलता मिल्ने संकेत छ। तर वाणीमा संयमता राख्नु बुद्धिमानी हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आर्थिक पक्षमा चुनौती आउन सक्छ। तर्क-वितर्कबाट बच्नुहोला। पारिवारिक कुरामा धैर्य अपनाउनु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यावसायिक र वैचारिक क्षेत्रमा सन्तुलन कायम हुनेछ। नयाँ प्रस्तावहरू प्राप्त हुन सक्छन्। प्रेम सम्बन्धमा मिठास देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पुराना समस्याको समाधान हुने समय आएको छ। तर स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रचनात्मक कार्यमा मन लाग्नेछ। मित्र सहयोगी बन्नेछन्। सन्तान पक्षबाट सुखद खबर सुन्न पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)पारिवारिक समस्या केही तनाव दिन सक्छ। क्रोध नियन्त्रणमा राख्न सके राम्रो हुनेछ। लगानी गर्दा सजग हुनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)संचार, लेखन वा अध्ययन–अध्यापन क्षेत्रका लागि अनुकूल समय छ। यात्रामा लाभ हुने योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अप्रत्याशित खर्च बढ्न सक्छ। तर पारिवारिक सहयोगले आत्मबल बढाउनेछ। मानसिक चिन्ता कम हुँदै जानेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)कार्यमा सफलता प्राप्त हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम वा विवाहसम्बन्धी कुराहरूमा सकारात्मक संकेतहरू देखिन्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)विरोधीको चाल असफल हुनेछ। सरकारी वा प्रशासनिक सहयोग पाउने समय छ। सन्तानबाट प्रसन्नता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शुभ कार्यको योग छ। समाजमा मान–प्रतिष्ठा बढ्नेछ। दाम्पत्य सम्बन्धमा सुमधुरता आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा ढिलासुस्ती हुन सक्छ। अध्ययन वा प्रतिस्पर्धामा सफलता प्राप्त गर्न अझ मेहनत गर्नु पर्ने देखिन्छ। चिन्ता नगर्नुहोस्, बिस्तारै सुधार हुनेछ।

  • Jigyasanepal

थप