Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ साल वैशाख २३ गते, मंगलबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक प्रतिष्ठा बढ्नेछ। रोकिएका काममा सफलता मिल्ने संकेत छ। तर वाणीमा संयमता राख्नु बुद्धिमानी हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आर्थिक पक्षमा चुनौती आउन सक्छ। तर्क-वितर्कबाट बच्नुहोला। पारिवारिक कुरामा धैर्य अपनाउनु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यावसायिक र वैचारिक क्षेत्रमा सन्तुलन कायम हुनेछ। नयाँ प्रस्तावहरू प्राप्त हुन सक्छन्। प्रेम सम्बन्धमा मिठास देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पुराना समस्याको समाधान हुने समय आएको छ। तर स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रचनात्मक कार्यमा मन लाग्नेछ। मित्र सहयोगी बन्नेछन्। सन्तान पक्षबाट सुखद खबर सुन्न पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)पारिवारिक समस्या केही तनाव दिन सक्छ। क्रोध नियन्त्रणमा राख्न सके राम्रो हुनेछ। लगानी गर्दा सजग हुनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)संचार, लेखन वा अध्ययन–अध्यापन क्षेत्रका लागि अनुकूल समय छ। यात्रामा लाभ हुने योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अप्रत्याशित खर्च बढ्न सक्छ। तर पारिवारिक सहयोगले आत्मबल बढाउनेछ। मानसिक चिन्ता कम हुँदै जानेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)कार्यमा सफलता प्राप्त हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम वा विवाहसम्बन्धी कुराहरूमा सकारात्मक संकेतहरू देखिन्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)विरोधीको चाल असफल हुनेछ। सरकारी वा प्रशासनिक सहयोग पाउने समय छ। सन्तानबाट प्रसन्नता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शुभ कार्यको योग छ। समाजमा मान–प्रतिष्ठा बढ्नेछ। दाम्पत्य सम्बन्धमा सुमधुरता आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा ढिलासुस्ती हुन सक्छ। अध्ययन वा प्रतिस्पर्धामा सफलता प्राप्त गर्न अझ मेहनत गर्नु पर्ने देखिन्छ। चिन्ता नगर्नुहोस्, बिस्तारै सुधार हुनेछ।

  • Jigyasanepal

थप