भदौ ३०, २०८१, ज्यो. पण्डित दिनेश पाण्डे द्वारा आजको राशिफल तयार गरिएको छ। यस दिन तपाईंको राशिअनुसार हुने प्रभावहरू तल दिइएका छन्:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धार्मिक कार्यमा मन जानेछ। आर्थिक लाभको सम्भावना छ। दाम्पत्य जीवनमा सहकार्यको भावना बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। पुराना मित्रसँग भेटघाट हुनसक्छ। स्वास्थ्यका मामिलामा सावधानी अपनाउनु राम्रो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्यार्थीहरूका लागि शुभ समय छ। मानसिक सन्तुलन कायम राख्न ध्यान दिनुहोस्। नयाँ काम प्रारम्भ गर्ने सोचमा हुनुहुन्छ भने सफलताको सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक निर्णय लिने समय होइन। घरपरिवारमा केही असहमति हुनसक्छ। काममा थप मेहनत आवश्यक पर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ सम्पर्कले लाभ पुर्याउन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजना बनाउने समय हो।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक मामिलामा सुधार आउनेछ। परिवारका साथ समय बिताउन पाउनु हुनेछ। सानातिना असमझदारीले मानसिक तनाव भने दिनसक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। परोपकारी कार्यमा रुचि बढ्नेछ। साथीभाइको सहयोग पाउने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना समस्या हल हुनेछन्। व्यापारमा सुधार आउनेछ। स्वास्थ्य राम्रो रहनेछ। यात्राका लागि समय अनुकूल छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन अध्ययनमा मन लगाउनुहोस्। नयाँ योजनामा लगानी गर्दा सजग रहनुहोस्। साथीभाइसँग असमझदारी हुनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज मानसिक सन्तुलनमा सुधार हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा मिहिनेत गर्नुपर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुरानो चिन्ता समाप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ। यात्रा लाभदायक बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक लाभको सम्भावना छ। परोपकारी कार्यमा रुचि बढ्नेछ। परिवारमा स्नेहपूर्ण वातावरण बन्नेछ।
- Jigyasa media