मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्वाकांक्षी योजना बन्नेछन्। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। पारिवारिक सुख मिल्नेछ, तर खर्चमा ध्यान दिनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्यार्थीहरूका लागि फलदायी समय छ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला, विशेष गरी टाउको वा आँखासम्बन्धी समस्या हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक पक्ष मजबुत रहनेछ। आफन्तबाट राम्रो सहयोग मिल्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ। यात्रा गर्दा सतर्क रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायिक सफलता मिल्नेछ। घर-परिवारमा सुख-शान्ति रहनेछ। आकस्मिक धन लाभको सम्भावना छ। भावनात्मक निर्णय नलिनु राम्रो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कानुनी वा सरकारी कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ। आत्मबल बढ्नेछ, तर नयाँ लगानी गर्दा सावधानी अपनाउनुहोस्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक तनाव बढ्न सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। धार्मिक वा सामाजिक कार्यमा संलग्न भइनेछ। आर्थिक मामिलामा संयमता अपनाउनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। पुराना समस्या हल हुनेछन्। तर, अरूको विश्वासमा परेर ठगिन सक्ने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ। पारिवारिक सुख प्राप्त हुनेछ। सानो प्रयत्नले ठूलो लाभ हुन सक्छ। यात्रामा सतर्कता अपनाउनुहोस्।
धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)
बौद्धिक क्षमतामा वृद्धि हुनेछ। अध्यात्म र ध्यानतर्फ आकर्षण बढ्नेछ। आम्दानी बढ्नेछ तर अनावश्यक खर्चले चिन्ता बढाउन सक्छ।
मकर (भो, ज, जी, खि, खु, खे, खो, गा, गि)
कडा मिहिनेतले राम्रो नतिजा दिनेछ। पारिवारिक सम्बन्ध सुधारिनेछ। आत्मबल बढ्नेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन मिश्रित रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना साथीभाइसँग भेटघाट हुनेछ। मिहिनेत अनुसार प्रतिफल पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेम सम्बन्धमा सुधार आउनेछ। नोकरी वा व्यवसायमा फाइदा हुनेछ। आत्मविश्वास बढ्नेछ। पारिवारिक माहोल राम्रो रहनेछ।
शुभ दिन ।
- Jigyasa media