🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साहस र आत्मविश्वास बढ्ने दिन हो। सामाजिक तथा पारिवारिक सम्मान प्राप्त हुनेछ। धन लाभका नयाँ अवसर आउन सक्छन्।
🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष बलियो बन्नेछ। घरमा सौहार्द वातावरण बन्न सक्छ। यात्रा वा सन्देशबाट लाभ मिल्नेछ। तर खर्चमा होसियार रहनुहोस्।
🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंको क्षमता प्रदर्शन गर्ने राम्रो अवसर छ। साझेदारीमा समस्या देखिन सक्छ, छलफल र धैर्य आवश्यक छ।
🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शारीरिक थकान र मानसिक तनाव हुन सक्छ। सानातिना झैझगडाबाट टाढा रहनुहोस्। सन्तानको पक्षबाट सन्तोषजनक खबर आउन सक्छ।
🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्ध प्रगाढ बन्ने समय छ। पढाइ, परीक्षा र सृजनात्मक काममा सफलता मिल्नेछ। नयाँ सोच र योजना कार्यान्वयन गर्ने दिन।
🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक जिम्मेवारी बढ्न सक्छ। घर-परिवारमा सानो विवाद देखिन सक्छ, संयमता अपनाउनुहोस्। घरायसी सम्पत्तिमा लाभ मिल्ने सम्भावना।
🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा लाभदायक हुनेछ। दाजुभाइ वा साथीभाइबाट सहयोग पाइनेछ। पढाइ लेखाइ तथा व्यवसायमा सुधार देखिने दिन।
🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभ हुने दिन छ, तर बोल्दा वा व्यवहार गर्दा सावधानी अपनाउनुहोस्। खर्चमा कडाइ गर्नु राम्रो हुनेछ।
🔮 धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
मन प्रसन्न रहला, आत्मबल बढ्नेछ। नयाँ काम प्रारम्भ गर्न अनुकूल समय हो। मान–प्रतिष्ठा बढ्नेछ।
🔮 मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा केही कमजोरी आउन सक्छ। गोप्य शत्रुको गतिविधिबाट सावधान रहनुहोस्। पुराना योजनाहरू पुनःसक्रिय बनाउन सकिनेछ।
🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक काममा प्रशंसा मिल्नेछ। साथीभाइबाट विशेष सहयोग पाइनेछ। नयाँ स्रोतबाट आम्दानी हुन सक्छ।
🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पद, प्रतिष्ठा र जिम्मेवारी थपिन सक्छ। नेतृत्वदायी कामको अवसर मिल्नेछ। सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ।
-
Jigyasanepal