Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

दैनिक राशिफल – २०८१ माघ २४, बिहीबार

  •   २ वर्ष अघि | २३ माघ २०८१, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ अवसरहरू आउन सक्छन्। व्यापार तथा रोजगारीमा सुधार हुनेछ। तर, घरायसी मामिलामा सतर्कता अपनाउनुहोस्।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वित्तीय पक्षमा सुधार आउनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। यात्राको सम्भावना छ, तर सतर्क रहनु होला।


मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन अध्ययन, अनुसन्धान तथा नयाँ ज्ञान प्राप्तिका लागि उत्कृष्ट रहनेछ। तर, मानसिक तनावले सताउन सक्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सहयोगीहरूको साथ पाइनेछ। प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउनेछ। खर्च भने बढ्न सक्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सफलता मिल्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। तर, हठ गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसाय तथा काममा फाइदा हुनेछ। परिवारका सदस्यसँग सल्लाह गरेर अघि बढ्दा राम्रो हुनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मानसिक रूपमा तनाव कम हुनेछ। वैदेशिक सम्बन्ध मजबुत बन्नेछन्। प्रेम जीवन सुखद रहन सक्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज महत्वपूर्ण निर्णय लिनुपरेमा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा कमजोरी आउन सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगीहरूको साथ पाइनेछ। काममा प्रगति हुनेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ।


मकर (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)

धनलाभको योग छ। काममा नयाँ अवसरहरू प्राप्त हुनेछन्। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ योजना कार्यान्वयन गर्न अनुकूल समय छ। तर, प्रेम सम्बन्धमा केही असमझदारी उत्पन्न हुन सक्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। नयाँ मित्रताको सुरुवात हुन सक्छ।


✍️ ज्याे.पण्डित दिनेश पाण्डेद्वारा ज्योतिष मार्गदर्शनका लागि जिज्ञासा नेपाल  हेर्दै रहनुहोस् 📢


  • Jigyasa media

थप