Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

बिहीबार, माघ ३, २०८१ को राशिफल हेर्नुहोस्

  •   २ वर्ष अघि | ३ माघ २०८१, बिहिबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज तपाईंको काममा सन्तोषजनक प्रगति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आफन्तको सहयोग पाउनु हुनेछ। नयाँ योजनाहरू सुरु गर्न अनुकूल समय छ।


वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

शारीरिक थकान महसुस हुन सक्छ। पुराना समस्याहरू हल गर्न प्रयास गर्नुहोला। महत्वपूर्ण निर्णय लिँदा सोचविचार गर्नुहोस्।


मिथुन (का, की, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक लाभको सम्भावना छ। साथीभाइसँग भेटघाट हुनेछ। नयाँ ठाउँमा घुमघामको योजना बनाउन सक्नुहुन्छ।


कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)

पारिवारिक सुख प्राप्त हुनेछ। व्यापार/व्यवसायमा उन्नति हुने समय छ। नयाँ अवसरहरू देखा पर्नेछन्।


सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)

आजको दिन मध्यम रहला। ध्यान दिनुपर्ने काममा झुटा कुराले विचलित पार्न सक्छ। तर, लगनशीलताले सफलता मिल्नेछ।


कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो)

मित्रता र प्रेम सम्बन्धमा प्रगति हुनेछ। लगानीका लागि उपयुक्त समय छ। मानसिक शान्ति प्राप्त हुनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ती, तु, ते)

तपाईंको सकारात्मक सोचले काममा सफलता दिलाउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।


वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आफन्तसँग मतभेद बढ्न सक्छ। धनसम्बन्धी समस्याहरू समाधान गर्न समय लाग्न सक्छ। संयमता अपनाउनुहोस्।


धनु (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)

सामाजिक प्रतिष्ठा बढ्नेछ। पुराना मुद्दाहरू सल्टिनेछन्। अध्ययन र शिक्षामा सफलता मिल्ने समय छ।


मकर (भो, ज, जी, खी, खू, खे, खो, गा, गी)

आर्थिक रूपमा राम्रो समय छ। नयाँ काम सुरु गर्न अनुकूल छ। प्रेम जीवनमा सुधार हुनेछ।


कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, द)

तपाईंको मेहनतको फल प्राप्त हुने दिन हो। व्यक्तित्वमा निखार आउँनेछ। आत्मविश्वास बढ्नेछ।


मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

प्रेमसम्बन्धमा सुधार हुनेछ। व्यावसायिक सफलता मिल्नेछ। सन्तानको प्रगतिमा खुशी मिल्नेछ।


शुभ दिन ।।


  • Jigyasa media

थप