मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन सामान्य खर्च हुने देखिन्छ। मन अशान्त हुनसक्छ, तर धैर्य राख्नुभयो भने परिस्थितिमा सुधार हुनेछ। परिवारजनसँग समय बिताउँदा मन हल्का हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)
नयाँ अवसर प्राप्त हुने समय छ। व्यवसाय र आर्थिक पक्षमा सुधार आउने देखिन्छ। यात्रामा जाँदा सतर्कता अपनाउनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कामको प्रशंसा पाइने दिन हो। सहकर्मी र मित्रसँगको सहकार्यबाट फाइदा हुनेछ। स्वास्थ्यप्रति ध्यान पुर्याउन आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा सुमधुर वातावरण कायम हुनेछ। काममा प्रगति हुनेछ। प्रेम सम्बन्धमा सकारात्मकता आउने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ जिम्मेवारी हात पार्न सकिनेछ। तर, खर्चमा नियन्त्रण आवश्यक छ। मानसिक तनाव हुनसक्छ, तर सकारात्मक सोचले सफलता मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थीले अध्ययनमा सुधार गर्ने समय हो। व्यापारिक कार्यमा लाभ मिल्नेछ। पुराना साथीहरूसँग भेटघाट हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज निर्णय लिने क्षमतामा सुधार हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तसँग विवाद हुन सक्ने देखिन्छ। व्यवहारमा संयमता अपनाउनुहोला। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्ने दिन हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज लामो समयदेखि अड्किएको काम बन्नेछ। विदेशमा अवसरको सम्भावना छ। यात्रामा लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारका सदस्यसँग समय बिताउन पाइनेछ। नयाँ सम्बन्ध स्थापना हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाईंको सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ अवसर आउनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने समय हो। आत्मविश्वास बढ्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ।
शुभ दिन ।
- Jigyasa media