Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

साउन १३ सम्म ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

काठमाण्डौ ।  साउन १३ गतेसम्म देशभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्ष यसै समयमा ९९.२ प्रतिशत थियो।

सबैभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात् ९०.७ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाइँ भएको थियो।

सबैभन्दा ढिलो रोपाइँ हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ। त्यहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टर अर्थात् ९२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जब गत वर्ष यतिबेला ५८.८ प्रतिशत मात्र रोपाइँ भएको थियो।

त्यस्तै, बागमती प्रदेशमा १ लाख १२ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये ९०.८ प्रतिशतमा रोपाइँ सकिएको छ। गण्डकी प्रदेशको ९६ हजार ५३ हेक्टर क्षेत्रफलको ९१.९ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ।

लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये ९१.३ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टर क्षेत्रफलमध्ये ९६.९ प्रतिशतमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ।

यसपालि समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण समयमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ।

  • Jigyasa media

थप