मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज तपाईंको आर्थिक स्थिति सुदृढ हुनेछ। काममा सफलता प्राप्त हुनेछ र मन प्रसन्न रहनेछ। यात्रा गर्न उपयुक्त दिन रहेको छ। नोकरीपेशा र व्यवसायमा प्रगति हुनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आजको दिन मिश्रित फल दिनेछ। परिवारमा सल्लाह–सुझाव नमिल्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु पर्ने दिन छ। यात्रा गर्दा सतर्क रहनु होला। व्यापारमा लाभ हुने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो प्रयासले राम्रो फल प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुने दिन हो। घरमा सुख-शान्ति रहला। नयाँ योजना बनाउने समय छ, तर सोचविचार गरेर मात्र अघि बढ्नु होला।
कर्कट (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आज नयाँ अवसर प्राप्त हुन सक्छ। मानसिक रूपमा पनि सुदृढ हुनु हुनेछ। घर परिवारमा खुशीयाली छाउनेछ। आर्थिक पक्ष बलियो रहनेछ।
सिंह (मा, मि, मू, मे, मो, टा, टी, टू, टे)
आत्मबल बढ्नेछ। रचनात्मक कार्यमा सहभागीता जनाउन मन हुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। शुभ समाचार प्राप्त हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। विचारमा अस्थिरता आउने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनुहोला। काममा ढिलासुस्तीले मन अशान्त हुनसक्छ।
तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। यात्रा गर्ने योजना सफल हुनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आजको दिन चुनौतीपूर्ण रहला। मेहनतले मात्र सफलता प्राप्त हुनेछ। विचारमा स्थिरता राख्नुहोस्। खर्चमा बृद्धि हुनसक्छ, तर आयको स्रोत पनि बढ्नेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)
मनमा उत्साह र उमङ्ग बढ्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभ मिल्नेछ। परिवारमा सद्भाव कायम हुनेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आर्थिक पक्ष बलियो हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आजको दिन अनुकूल छ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको अवसर मिल्नेछ। साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। कार्यक्षेत्रमा सफलताको सम्भावना छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सावधानी अपनाउनु पर्ने दिन हो। पारिवारिक र व्यक्तिगत सम्बन्धमा खटपट हुनसक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु होला। खर्चमा नियन्त्रण राख्नुहोस्।
प्रिय पाठकवृन्द दिनभरको गतिविधिमा ध्यान दिनुहोस्, सकारात्मक सोच राखेर अघि बढ्नुस्। तपाईंको आजको कर्मले नैं तपाईंको भोलिको भबिस्य निर्माण हुने हो । शुभ दिन।
- Jigyasa media