मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नै व्यवहारले समस्या निम्त्याउने सम्भावना छ। पारिवारिक जीवनमा खटपट हुन सक्छ। संयमता अपनाउनु होला। काममा ढिलासुस्ती हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज तपाईको आत्मबल बढ्नेछ। आत्मविश्वासको कमी हुनेछैन। परिवार र साथीभाइको साथ सहयोगले तपाईलाई नयाँ ऊर्जा प्रदान गर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धेरै कुरामा अवसर पाइएला तर नयाँ योजनाको थालनी नगर्नु राम्रो हुनेछ। पुराना कामलाई नै निरन्तरता दिने दिन हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा सुख शान्ति मिल्नेछ। व्यापार व्यावसायमा केही सुधार आउनेछ। नयाँ योजनाको थालनी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरा कामहरू पूरा गर्ने दिन हो। मित्र तथा आफन्तको सहयोग मिल्नेछ। मन प्रशन्न रहनेछ। नयाँ अवसर प्राप्त हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अचानक खर्च बढ्ने सम्भावना छ। आर्थिक भार परे पनि लाभप्रद काम गरिनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्ष मजबुत हुनेछ। व्यापार व्यावसायमा लाभ हुनेछ। ठुलो लगानी गर्नु अगावै विचार पुर्याउनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ अवसरको खोजीमा समय बित्नेछ। स्वास्थ्यका समस्या समाधान हुनेछन्। परिश्रम अनुसार लाभ प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, धा, फा, ढा, भे)
परिवारमा विवाद आउन सक्छ। घरायसी समस्या समाधान गर्न सकिनेछ। धनको आवागमनमा सुधार हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना योजनाहरूलाई प्राथमिकतामा राख्ने दिन हो। साथीभाइको सहयोग मिल्नेछ। आर्थिक रूपमा सुदृढ हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन आनन्ददायक रहनेछ। नयाँ योजनामा लाग्ने अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ। सन्तान पक्षमा केही समस्याहरू देखिन सक्छ।
प्रिय पाठकवृन्द आजको दिनलाई सकारात्मक सोचले भरपूर बनाउन लागि पर्नुहुन्छ। सबैलाई मंगलमय रहोस्। शुभ दिन ।।
- Jigyasa media