काठमाण्डौ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा सहजता आउनेछ। व्यवसायिक लाभ र मान-प्रतिष्ठामा बृद्धि हुनेछ। अध्ययनमा सुधार देखिनेछ। स्वास्थ्यमा ध्यान दिनु राम्रो।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धन तथा स्रोतको अभाव हट्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक पक्ष सुदृढ हुनेछ। परिवारमा सामञ्जस्यता कायम हुनेछ। नयाँ योजना सुरु गर्न उत्साह प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा प्रगति हुनेछ। यात्रामा लाभ हुनेछ। आफन्त तथा प्रियजनसँग सम्बन्ध सुमधुर बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायिक क्षेत्रमा सफलता पाउने दिन हो। परिवारसँग समय बिताउन पाउँदा खुशी महसुस हुनेछ। आत्मविश्वास बढ्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचारले मन प्रसन्न रहनेछ। आर्थिक वृद्धि हुनेछ। पारिवारिक सहकार्यबाट फाइदा मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिलाई बुझेर अघि बढ्दा सफलता मिल्नेछ। आर्थिक अवस्थामा सुधार हुनेछ। नजिकका साथीहरूसँग भेटघाट हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा गति आउनेछ। आत्मबल उच्च हुनेछ। पुराना समस्याको समाधान हुनेछ। स्वास्थ्य सुधारमा ध्यान दिनुहोला।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक कार्यमा सफलता मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। पुराना समस्या हल हुनाले मन प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धनागमनको राम्रो सम्भावना छ। आफन्तसँगको भेटघाट रमाइलो हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको दबाबले अलि तनाव महसुस हुन सक्छ। यात्रामा विशेष ध्यान दिनुहोला। आर्थिक पक्षमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभ समाचारले उत्साहित बनाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजना अघि बढाउन राम्रो समय छ।
शुभ दिन।।
- Jigyasa media