Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईँको आजको राशिफल हेर्नुहोस् (भदौ २० गते, २०८१ बिहीबार)

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज नयाँ कार्य प्रारम्भ गर्न सकिन्छ। भाग्यले साथ दिनेछ, आर्थिक क्षेत्रमा लाभ हुनेछ। पारिवारिक जीवनमा सौहार्दपूर्ण वातावरण रहनेछ।  

वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)

मानसिक तनावको सामना गर्नु पर्ला। नयाँ काममा सोचेभन्दा बढी समय र धन खर्च हुनसक्छ। धैर्य राख्नुहोला।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  

मानसिक प्रसन्नता हुनेछ। नोकरीमा प्रगति हुने संकेत छ। पारिवारिक जीवनमा खुशीका पलहरू बित्नेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सहयोगीहरूले साथ दिनेछन्। व्यवसायमा वृद्धि हुने सम्भावना छ। यात्राको योग पनि देखिन्छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  

कर्मक्षेत्रमा चुनौतीपूर्ण परिस्थिति सामना गर्नु पर्नेछ। धैर्य र मेहनतले समस्या समाधान हुनेछ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

आजको दिन प्रेम र सम्बन्धका लागि अनुकूल रहनसक्छ। स्वास्थ्य राम्रो रहनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला।  

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  

पारिवारिक र वैवाहिक जीवनमा तनाव आउन सक्छ। आर्थिक क्षेत्रमा स्थिरता आउनेछ। मनमा शान्ति प्राप्त हुनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आत्मविश्वासमा वृद्धि हुनेछ। पुराना समस्याहरू समाधान हुनेछन्। धार्मिक गतिविधिमा ध्यान जानेछ।  

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

आर्थिक स्थिति सुदृढ हुने योग छ। काममा सफलता पाउनु हुनेछ। पारिवारिक र सामाजिक जीवनमा प्रगति हुनेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यमा कमजोरी महसुस हुनसक्छ। आत्मविश्वास कायम राख्नुहोस्। सावधानी अपनाउनुहोला।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सहकार्यबाट लाभ हुनेछ। यात्रा लाभदायक हुनसक्छ। आर्थिक लाभको संकेत छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन सृजनात्मक काममा सफलता मिल्नेछ। सम्बन्धहरूमा प्रगाढता आउनेछ। सुखद यात्रा हुने सम्भावना छ।  


प्रिय पाठकवृन्द धैर्य र सतर्कताले प्रत्येक दिनलाई सफल बनाउन सकिन्छ। त्यसैले यी कुरा सधैं चुस्त राख्नुहोस् । 

  • Jigyasa media

थप