मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज भाग्यले साथ दिनेछ। अध्ययन र ज्ञानप्रति रुचि बढ्नेछ। नयाँ काम गर्ने उत्साह जाग्नेछ। काममा सफलताको सम्भावना छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सामाजिक काममा ध्यान केन्द्रित हुनेछ। आत्मविश्वासको कमी महसुस हुन सक्छ, तर साथीहरूको सहयोगले समस्या समाधान हुनेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन राम्रो छ। आर्थिक पक्षमा सुधार हुनेछ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। पारिवारिक खुसी मिल्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आफ्ना काममा ध्यान दिनुहोस्। व्यवसायिक क्षेत्रमा सतर्कता अपनाउनुहोस्। नयाँ अवसरले जीवनमा परिवर्तन ल्याउन सक्छ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे)
आजको दिन साहस र पराक्रम बढ्नेछ। नेतृत्वदायी भूमिकामा सफलता मिल्नेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोला।
कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो)
सामाजिक मान सम्मान बढ्नेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक सद्भाव कायम हुनेछ।
तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
सजगता अपनाउनुपर्ने दिन हो। निर्णय लिँदा सोचविचार गर्नुहोला। भावनात्मक रूपमा संवेदनशील बन्ने सम्भावना छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफन्त र साथीभाइसँग रमाइलो समय बित्नेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। नयाँ काम सुरु गर्ने सोच बनाउनु होला।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)
दिन उत्कृष्ट छ। काममा सफलता हात लाग्नेछ। मानसिक शान्ति मिल्नेछ। धार्मिक गतिविधिमा मन जानेछ।
मकर (भो,जा, जी, खी, खु, खे, खो, गा, गी)
आफ्नो काममा ध्यान दिनुहोस्। पारिवारिक झमेलाबाट टाढा रहनुहोस्। आर्थिक समस्याहरू समाधान हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा)
सकारात्मक सोचले सफलता दिलाउनेछ। नयाँ अवसरहरू मिल्नेछन्। आफ्नो योजना कार्यान्वयन गर्नुहोस्।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, च, ची)
धन लाभको सम्भावना छ। मित्रताको बलले नयाँ उपलब्धि हासिल हुनेछ। आत्मविश्वास बढ्नेछ।
आजको दिन शुभ बितोस् ।
- Jigyasa media